News Griha :: न्यूजगृह
बझाङमा छिमेकीको हत्या आरोपमा बाबुछोरा पक्राउ

काठमाडौं– बझाङमा छिमेकीको हत्या गरेको आरोपमा प्रहरीले बाबुछोरालाई पक्राउ गरेको छ। जयपृथ्वी नगरपालिका–७ सुबेडाको किमतोलीका ४० वर्षीय रामप्रसाद जोशीको हत्या गरेको अभियोगमा ४८ वर्षीय जयबहादुर हमाल र उनका २९ वर्षीय छोरा जनक पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भरत शाहले आइतबार दिउँसो मदिरा सेवन गरेर बाबुछोराले जोशीमाथि कुटपिट गरेको बताए। कुटपिटबाट घाइते जोशीको राति उपचारका क्रममा मृत्यु भएको थियो।

घटनाको विस्तृत कारण भने खुल्न बाँकी छ । मृतक जोशीको शव परीक्षणका लागि जिल्ला अस्पताल बझाङमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १६:०३
Weather Update