News Griha :: न्यूजगृह
संसद् भवनमा खटिएका ३२ सुरक्षाकर्मीको जिम्मेवारी खोसियो

काठमाडौं–  नयाँ बानेश्वरस्थित संसद् भवनको सुरक्षार्थ खटिएका प्रहरी निरीक्षकसहितको टोलीलाई प्रहरी प्रधान कार्यालयले एकैसाथ जिम्मेवारीबाट हटाएको छ।

लघुवित्तका ऋणीहरूको टोली संसद् भवन परिसरभित्र प्रवेश गरेपछि गृह मन्त्रालयको नेतृत्वमा संसद् भवन परिसरमा खटिएको सुरक्षा टोलीलाई हटाइएको हो।

स्रोतका अनुसार यसरी जिम्मेवारीबाट खोसिनेमा इन्स्पेक्टरसहित ३२ जना छन्। उनीहरूको ठाउँमा नयाँ टोलीसमेत पठाइसकिएको स्रोतले बतायो।

सोमबार दिउँसो भएको घटनाबारे छानबिन गर्न एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति बनाइसकेको छ।  

निषेधित क्षेत्र पार गरेर संसद् भवनभित्र छिरेको आरोपमा प्रहरीले ४९ जना लघुवित्त पीडितलाई नियन्त्रणमा लिएको छ। यसपछि सभामुख देवराज घिमिरेले पनि प्रहरी प्रमुख वसन्त कुँवरलाई फोन गरेर चासो राखेका थिए।

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १९:३६
Weather Update