News Griha :: न्यूजगृह
‘विश्वविद्यालयभित्र ठाडो राजनीतिक हस्तक्षेप भयो’ 

काठमाडौं– राष्ट्रिय सभा सदस्य दिलकुमारी थापा रावलले चितवनमा रहेको कृषि तथा वन विश्वविद्यालयभित्र ठाडो राजनीतिक हस्तक्षेप भइरहेको बताएकी छन्।
 
सोमबारको राष्ट्रिय सभा बैठकमा उनले गुणस्तरीय र उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीहरुको संख्या बढिरहेको अवस्थामा विश्वविद्यालयले प्राज्ञिक मर्यादा कायम राख्न नसकेको भन्दै त्यसका सरकारको ध्यान जान आवश्यक रहेको बताइन् । 

उनले भनिन्, ‘पछिल्लो समय गुणस्तरीय र उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीहरुको संख्या बढिरहेको अवस्था छ । चितवनमा रहेको कृषि तथा वन विश्वविद्यालय मुलुकको आवश्यकतामा आधारित प्राविधिक जनशक्ति उत्पादन गर्न र विश्वविद्यालयले प्राज्ञिक मर्यादा कायम राख्न सकेका देखिँदैन । विश्वविद्यालयभित्र ठाडो राजनीतिक हस्तक्षेप देखिन्छ । त्यसैले विश्वविद्यालयको संरचनामा परिवर्तन र सुदृढीकरण गर्न ढिला भइसकेको छ । गर्व महशुस गर्नेगरी विश्वविद्यालयले काम गर्न सकेको छैन।’

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १३:४०
Weather Update