News Griha :: न्यूजगृह
फुटबलको विकासको लागि बहस आवश्यक: घिसिङ

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले नेपाली खेलकुदमा फुटबलको विकासको लागि बहस आवश्यक रहेको बताएका छन्।
 
सोमबार काठमाडौंमा आयोजित अखिल नेपाल फुटबल संघको साधारणसभामा उनले फुटबललाई गति दिन वा विकासका लागि छलफललाई केन्द्रित गर्न आवश्यक रहेको भन्दै विभिन्न घटक संघहरु जिल्ला प्रदेश र क्लबहरुले फुटबलको विकासमा केन्द्रीकृत भएर बहस गर्न आग्रह गरे।
 
उनले भने,‘फुटबललाई गति दिन र विकासका लागि छलफललाई केन्द्रित गर्न आवश्यक हुन्छ। विभिन्न घटक संघहरु जिल्ला प्रदेश र क्लबहरु सबैलाई हामीले फुटबलको विकासको लागि केन्द्रीकृत भएर छलफल गर्ने बहस गर्ने र यसलाई एउटा नयाँ उचाइमा पुर्‍याउन लागि पर्न अनुरोध गर्दछु।’
 
उनले नेपाली खेलकुदमा फुटबलको लोकप्रियता र व्यापकता जुन उचाइमा छ त्यो अनुसारको अपेक्षा पनि हुने भन्दै सो अपेक्षलाई सम्बोधन गर्न सक्नेगरी कार्यक्रम बनाउन जरुरी रहेको बताए। 

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १२:४४
Weather Update