News Griha :: न्यूजगृह
६ क्रिकेटरको मासिक तलब १ लाख, अन्य २४ जनाको कति?

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेटरको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ। जसअनुसार पुरुषतर्फ ३० जना क्रिकेटरलाई चार श्रेणीमा वर्गीकरण गरिएको छ। पहिलो श्रेणीका क्रिकेटरले मासिक एक लाख तलब पाउने भएका छन्।

ग्रेड एमा कप्तान रोहितकुमार पौडेलसँगै सोमपाल कामी, करण केसी, दीपेन्द्र सिंह ऐरी, आसिफ शेख र कुशल भुर्तेल छन्। ग्रेड बीमा कुशल मल्ल, गुल्सन झा, भीम सार्की, ललितनारायण राजवंशी, आसिफ शेख र अविनाश बोहरा छन्।

विनोद भण्डारी, अर्जुन साउद, सन्दीप जोरा र प्रतिश जीसी ग्रेड सीमा परेका छन्। ग्रेड डीमा पवन सरार्फ, सागर ढकाल, अनिल साह, विवेककुमार यादव, आकाश चन्द, बसिर अहमद र सूर्य तामाङ छन्।

क्यानले इमर्जिङ क्याटगोरी पनि बनाएको छ, जसमा दीपेश कँडेल (कोशी), रूपेश सिंह (मधेस), रिजन ढकाल (बागमती), विपिन खत्री (गण्डकी), देव खनाल (लुम्बिनी), अर्जुन घर्ती (कर्णाली) र हेमन्त धामी (सुदूरपश्चिम) छन्।

क्यानका अनुसार ग्रेड एमा परेका खेलाडीहरूले मासिक एक लाख रुपैयाँ पाउनेछन्। ग्रेड बीलाई ७० हजार, ग्रेड सीलाई ५५ हजार, डीलाई ३५ हजार र इमिर्जिङ क्याटगोरीका खेलाडीहरूलाई मासिक २ हजार तलब दिइनेछ।

यस्तै महिलातर्फ १९ खेलाडी वर्गीकरणमा परेका छन्। क्यानको बोर्ड बैठकले वर्गीकरणको निर्णय अनुमोदन गरेको हो। 

हेर्नुहोस् पूरा निर्णय

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १४:५०
Weather Update