प्रहरीलाई देखेपछि १२२ किलो गाँजा छाडेर भागे मोटरसाइकल चालक

सुनसरी– सुनसरीमा प्रहरीले अवैध लागूऔषध १ सय २२ किलो गाँजा बरामद गरेको छ।
सोमबार बिहान देवानगंज गाउँपालिकां ५ साहेवगंजस्थित पश्चिम टोल साईटबाट बरामद गरेको हो।
ईलाका प्रहरी कार्यालय साहेवगंजबाट खटिएको प्रहरीलाई देख्नासाथ नेपालबाट भारततर्फ जाँदै गरेको बीआर ३९ इ २२८८ नम्बरको मोटरसाइकल चालकले लुकाएर लैजाँदै गरेको अवस्थामा प्रहरीले भेटाएको थियो।
मोटरसाइकल चालक प्रहरीलाई देखेपछि मोटरसाइकल नै छोडेर फरार भएको थिए।
त्यसपछि मोटरसाइकलमा रहेको चारवटा बोरा छाडी चालक फरार भएपश्चात् बोरा तलासी गर्दा उक्तपरिमाणको गाँजा फेला परेको प्रहरीले जनाएको छ।
फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको पनि प्रहरीको भनाइ छ।
प्रकाशित मिति: सोमबार, फागुन १४, २०८० १३:५७













