माल्दिभ्सविरुद्ध रुविनाको शतकीय इनिङ, नेपालले दियो २ सय २८ रनको चुनौतीमंगलबार, फागुन १, २०८०

एपीएफ स्कुलको आयोजनामा भइरहेको फुटबल प्रतियोगितामा प्रिक्वार्टरफाइनलका खेल सुरु, यी विद्यालय अघिल्लो चरणमा प्रवेश सोमबार, माघ २९, २०८० प्रथम अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगिताको पहिलो प्रिक्वार्टरफाइनलको खेलमा नेपाल एपीएफ स्कुल कीर्तिपुर, मनकामना सेकेन्डरी स्कुल जोरपाटी, नेपालय इङ्गलिस पब्लिक स्कुल जोरपाटी र जेम्स स्कुल धापाखेल विजयी भएका छन् ।

क्यानडाले नेपाललाई दियो २३३ रनको लक्ष्य सोमबार, माघ २९, २०८० तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा क्यानडाले नेपाललाई २३३ रनको लक्ष्य दिएको छ ।त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २३२ रन बनाएको हो । नेपालका लागि हेमन्त धामीले डेब्यु खेलमै ३ विकेट लिएका छन् । नेपालले केहीबेरमा ब्याटिङ गर्ने छ ।

नेपाललाई विश्वकपमा पुर्याएका देव खनाल युवा वर्ष खेलाडी आइतबार, माघ २८, २०८० २०२४ को आईसीसी यू–१९ विश्वकप क्रिकेट छनोट गराउन खनालले नेपाली क्रिकेट टिमको नेतृत्व गरेका थिए । देव खनालको कप्तानीमा नेपाल यूएईलाई फाइनलमा पराजित गरी एसिया छनोटको उपाधि जित्न सफल भएको थियो । यस्तै, विश्वकप छनोटका ५ खेलमा समेत उनले राम्रो प्रदर्शन गरेका थिए ।

एसीसी वुमन्स प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित, भुटान ८ विकेटले पराजित आइतबार, माघ २८, २०८० एसीसी वुमन्स प्रिमियर कप २०२४ मा नेपालले लगातार दोस्रो जित निकालेको छ । आइतबार भुटानलाई ८ विकेटले पराजित गर्दै नेपाल क्वार्टरफाइनल नजिक पुगेको छ । भुटानले दिएको ६६ रनको सामान्य लक्ष्य नेपालले ११.५ ओभरमा २ विकेट गुमाएर पार गर्यो ।

प्रिमियर लिग: लिभरपुल शीर्षमा फर्कियो आइतबार, माघ २८, २०८० लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा कायमै छ । गएराति भएको खेलमा उसले बर्नलीलाई ३–१ ले हरायो। उसका लागि डिएगो जोटाले पहिलो गोल गरेयता रेलिगेसनबाट बच्न संघर्षरत बर्नलीका लागि डारा ओसले बराबरी गोल फर्काए। लिभरपुलका लुइस डियाज र डारविन नुनेजले गोल गरे ।

क्यानडाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज नेपाललाई शनिबार, माघ २७, २०८० नेपालको जितका लागि कप्तान रोहित पौडेलले ८७, देव खनालले ७६, अनिलकुमार साहले ५०,भीम सार्कीले २३ र पवन सर्राफले १४ रनको योगदान गरे । त्यस्तै आसिफ सेखले १०, कुशल मल्ल र सोमपाल कामीले समान ९/९ रन जोडे । क्यानडाविरुद्धको ३ एकदिवसीय सिरिजमा नेपालले दुई खेल जितिसकेको छ । अन्तिम एकदिवसीय सिरिज...

जितका लागि क्यानडाले नेपाललाई दियो २८६ रनको लक्ष्य शनिबार, माघ २७, २०८० दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले क्यानडालाई हराउन दुई सय ८६ रन बनाउनु पर्ने भएको छ । किर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको भ्रमणकारी टोली क्यानडाले निर्धारित ओभरमा नौ विकेट गुमाएर दुई सय ८५ रन बनायो ।

क्यानडाविरुद्व पहिले फिल्डिङ गर्दै नेपाल शनिबार, माघ २७, २०८० क्यानडाविरुद्वको दोस्रो एकदिवसीय क्रिकेट खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार बिहान क्यानडाले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गर्ने भएको हो । नेपालले टोलीमा ३ परिवर्तन गरेको छ । आकाश चन्दले डेब्यु पाउँदा अनिल शाह र देव खनाल टोलीमा छन् । चन्दले डेब्यु...

त्रिकोणात्मक सिरिज फागुन १५ देखि, नेपालले पहिलो खेल नामिबियासँग खेल्ने शनिबार, माघ २७, २०८० नेपालले त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेल नामिबियासँग खेल्ने भएको छ । खेल किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आगामी फागुन १५ गते हुने छ । नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार सिरिजको खेल तालिका सार्वजनिक गरेको हो ।

एकदिवसीय शृङ्खला: आज नेपाल र क्यानडाबीच दोस्रो खेल शनिबार, माघ २७, २०८० घरेलु टोली नेपाल लगातार दोस्रो जित निकाल्दै शृङ्खला जित्ने योजनामा हुनेछ । पहिलो खेलमा नेपालले क्यानडामाथि रोमाञ्चक जित निकालेको थियो । नेपाल एक खेलअगावै सिरिज जित्न चाहन्छ ।

सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी : राई स्कुल, ब्राइट होराइजन र एपीएफ विजयी शुक्रबार, माघ २६, २०८० प्रतियोगिता अन्तर्गत भोलि लिग चरणका अन्तिम तीन खेल हुनेछन् । जसमा सैनिक आवासीय माध्यामिक विद्यालय सल्लाघारीविरुद्ध ग्रीन भिलेज सेकेन्डरी स्कुल कीर्तिपुर मैदान उत्रँदा पुष्पसदन स्कुलविरुद्ध लेबोरेटरी माध्यामिक विद्यालय कीर्तिपुरले खेल्ने छ । त्यस्तै, राई स्कुल नक्साल र नेपालय पब्लिक इङ्गलिस स्कुल जोरपाटी आमनेसामने हुनेछन् ।

नेपालद्वारा क्यानडा पराजित बिहीबार, माघ २५, २०८० नेपाललाई जिताउन रोहितकुमार पौडेलले ४ विकेट लिए । क्यानडाका निकोलश किर्टोन र पारगत सिंहले अर्धशतकीय पारी खेले पनि टिमलाई जिताउन सकेनन् । किर्टोन ६८ रन बनाउँदै १९५ रनको स्थितिमा आउट भएपछि खेलमा नेपालको आशा फर्केको थियो । त्यसअघि सिंह ५० रनमा आउट भएका थिए ।