News Griha :: न्यूजगृह
माल्दिभ्सविरुद्ध रुविनाको शतकीय इनिङ, नेपालले दियो २ सय २८ रनको चुनौती

काठमाडौं– एसिसी महिला प्रिमियर कपअन्तर्गत समूहको अन्तिम खेलमा अहिले नेपाल र माल्दिभ्सबीचको प्रचितस्पर्धा जारी छ। 

जारी खेलमा नेपालले माल्दिभ्सलाई २ सय २८ रनको विशाल लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय २७ रन बनाउन सफल भयो। 

नेपालको लागि रुविना क्षेत्रीले ५९ बलमा १ सय १८ रनको सानदार शतकीय इनिङ खेलेसँगै नेपालको उच्च स्कोर कायम भएको हो। 

रुविनाले १० चौका र ५ छक्का प्रहार गरेकी थिइन्। त्यस्तै, पूजा महतो ५९ रनमा अविजित रहिन। उनले ३६ बलमा ५ चौका र १ छक्का प्रहार गरिन्।

किविता कुंवरले १३ रन बनाउँदा सीता राना मगरले १५ रन बनाइन्। 

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  १३:१८
Weather Update