नेदरल्याण्ड्समाथि जितको छुट्टै खुसीशनिबार, फागुन ५, २०८०

नेदरल्याण्ड्समाथि नेपाल ९ विकेटले विजयी शनिबार, फागुन ५, २०८० आईसीसी विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपाल ९ विकेटले विजयी भएको छ ।किर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भएको खेलमा नेदरल्याण्ड्सले दिएको १ सय ३८ रनको लक्ष्य नेपालले १५ ओभर २ बलमा १ विकेट गुमाउँदै भेट्टायो ।

नेपालको कसिलो बलिङले नेदरल्याण्ड्स १३७ रनमै समेटियो शनिबार, फागुन ५, २०८० टीयू क्रिकेट ग्राउण्डमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्स ३९ ओभरमा अलआउट भएको हो । उसका लागि कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ३३ रनको योगदान दिए । त्यस्तै बास डे लिडेले २७ रन तथा साइब्रान्ड एन्जलबच्र्टले २३ रन बनाए । कायल क्लाइनले नटआउट रहँदै ११ रन प्रहार गरे ।

नेदरल्याण्ड्सविरुद्ध नेपालको कसिलो बलिङ, ललितले लिए तेस्रो विकेट शनिबार, फागुन ५, २०८० आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्ससँगको खेलमा नेपालले तेस्रो सफलता पाएको छ। ललित राजवंशीले नेदरल्याण्ड्सका स्याब्रान्ड एंगेलब्रेक्टको विकेट लिँदै नेपाललाई तेस्रो सफलता दिलाएका हुन्।

एसीसी महिला प्रिमियर कपबाट बाहिरियो नेपाल, गुम्यो स्वर्णिम अवसर शुक्रबार, फागुन ४, २०८० नेपालका लागि सीता रानामगरले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिइन् । रुविना क्षेत्रीले ४ ओभरमा १९ रन खर्चेर १ विकेट लिइन् । कविता जोशीले २ र कविता कुँवरले १ विकेट लिइन्। त्यसअघि बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११५ रन...

एसीसी वुमन्स प्रिमियर कप: नेपालले मलेसियालाई दियो ११६ रनको चुनौती शुक्रबार, फागुन ४, २०८० एसीसी वुमन्स प्रिमियर कपको जारी खेलमा नेपालले मलेसियालाई ११६ रनको चुनौती प्रस्तुत गरेको छ।

मलेसियाविरुद्ध टस जितेको नेपाल व्याटिङ्ग गर्दै शुक्रबार, फागुन ४, २०८० एसीसी वुमन्स प्रिमियर कपको फाइनल प्रवेशका अहिले नेपाल र मलेसियाबीचको खेल जारी छ।

एसीसी वुमन्स प्रिमियर कपमा नेपाल र मलेसिया भिड्दै शुक्रबार, फागुन ४, २०८० एसीसी वुमन्स प्रिमियर कपको फाइनल प्रवेशका लागि नेपालले आज घरेलु टोली मलेसियासँग खेल्दै छ । नेपाल र मलेसियाबीचको खेल बिहान सवा ११ बजे सुरुहुने छ ।

नेपालले आइतबारदेखि क्यानाडा ११ सँग एक दिवसीय क्रिकेट खेल्ने शुक्रबार, फागुन ४, २०८० नेपाली राष्ट्रिय क्रिकेट टिमको बेन्च बलियो बनाउने रणनीति अनुसार नै नेपाल क्रिकेट संघ क्यानले सिनियर र ए टिम बनाएको छ ।

नामिबियासँगको हारपछि नेपालका प्रशिक्षक र कप्तान भन्छन्– हामी फेरि बलियो भएर आउनेछौं बिहीबार, फागुन ३, २०८० आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गतको पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित भएपछि नेपालका मुख्य प्रशिक्षक मोन्टी देसाइले टिमले धेरै कुरा सिक्नुपर्ने बताएका छन्। नामिबियासँगको हारबाट सिकेर नेपाल अझै बलियो भएर आउने मुख्य प्रशिक्षक देसाइको भनाइ छ।

विश्वकप लिग २– नामिबियासँग नेपाल ४ विकेटले पराजित बिहीबार, फागुन ३, २०८० आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय क्रिकेटअन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपाल ४ विकेटले पराजित भएको छ। त्रिवि क्रिकेट मैदानमा जवाफी ब्याटिङ गरेको नामिबियाले नेपालले दिएको १३३ रनको सामान्य लक्ष्य ३३.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो।

सोमपालले एकै ओभरमा लिए नामिबियाको २ विकेट बिहीबार, फागुन ३, २०८० २०औं ओभरको तेस्रो बलमा पहिलो व्यक्तिग विकेट लिने क्रममा सोमपालले गेरहार्ड इरासमसलाई पवन सर्राफबाट क्याचआउट गराए। यस्तै, २०औं ओभरकै अन्तिम बलमा सोमपालले जन फ्राइलिंकलाई कुशल भुर्तेलबाट क्याचआउट गराए।

नेपालले नामिबियालाई दियो १३३ रनको चुनौती बिहीबार, फागुन ३, २०८० आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय क्रिकेटमा नेपालले नामिबियालाई १३३ रनको चुनौती प्रस्तुत गरेको छ।