क्यानडा ११ विरुद्ध नेपाल ‘ए’को रोमाञ्चक जित, सिरिजमा १–१ को बराबरीमंगलबार, फागुन ८, २०८०

क्यानडा ११ ले नेपाललाई दियो २४१ रनको चुनौती मंगलबार, फागुन ८, २०८० एक दिवसीय सिरिजको दोस्रो खेलमा क्यानडा ११ले नेपाललाई २४१ रनको चुनौती प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङको निम्तो पाएको क्यानडा ४९ दशमलव ५ ओभरमा अलआउट हुँदै २४० रन बनाउन सफल भयो। क्यानडाका लागि श्रेयस मोव्वाले अविजित ६८, नवनीत धालिवालले ४६, आरोन जोनसनले ३६, श्रीमन्थ विजेरत्नेले ४१, डिलन हेलिगरले १६, निकोलस...

टस जितेको नेपाल क्यानडाविरुद्ध पहिला बलिङ गर्दै मंगलबार, फागुन ८, २०८० नेपाल ‘ए’ले क्यानडा–११ विरुद्धको एकदिवसीय क्रिकेट खेलअन्तर्गत आजको दोस्रो खेलमा टस जितेको छ। माथिल्लो मूलपानी क्रिकेट मैदानमा भर्खरै भएको टसमा नेपाल ‘ए’का कप्तान सन्दीप जोराले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् । कप्तान विनोद भण्डारी आज प्लेइङ ११ मा नभएपछि जोराले कप्तानको जिम्मेवारी पाएका हुन् । आजको खेलमा...

बागमती गोल्डकपमा आज आर्मी र एपीएफ भिड्दै मंगलबार, फागुन ८, २०८० बागमती गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत् आज दोस्रो सेमिफाइनल खेल हुँदैछ । मकवानपुरको बागमती गाउँपालिका-८ स्थित जनता माविको खेल मैदानमा जारी प्रतियोगितामा फाइनल प्रवेशका लागि विभागीय टोलीहरु त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल (एपीएफ) क्लब खेल्दैछन् ।

अफगानिस्तानविरुद्धको टी-२० सिरिज श्रीलंकालाई मंगलबार, फागुन ८, २०८० अफगानिस्तानविरुद्धको तीन खेलको टी २० सिरिज श्रीलंकाले एक खेल अगावै आफ्नो पक्षमा पारेको छ । सोमबार राति भएको खेलमा अफगानिस्तानमाथि ७२ रनको जित निकाल्दै श्रीलंकाले सिरिजमा २-० को अग्रता बनाउन सफल भयो ।डम्बुलामा भएको दोस्रो खेलमा पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८७ रन बनाएको...

नेपाल ‘ए’ र क्यानडा ११ को दोस्रो एक दिवसीय खेल आज मंगलबार, फागुन ८, २०८० नेपालको ‘ए’ टिमले क्यानडा ११ विरुद्ध आज मंगलबार दोस्रो एक दिवसीय क्रिकेट खेल्दै छ । मूलपानी क्रिकेट मैदानमा विहान साढे ९ बजे खेल सुरु हुनेछ । तीन खेलको सिरिजमा क्यानडा ११ अगाडि रहेको छ । पहिलो एक दिवसीयमा नेपाल ‘ए’विरुद्ध क्यानडा ११ ले चार विकेटको जित निकालेको थियो । राष्ट्रिय...

थाइल्याण्डमा भएको इन्टरनेसनल बेलुन फियस्तामा बेलुन नेपालको सहभागीता मंगलबार, फागुन ८, २०८० हट एयर बेलुन उडाउँदै आएको नेपालको एक मात्र कम्पनी बेलुन नेपालले थाइल्याण्डमा सम्पन्न ‘इन्टरनेसनल बेलुन फियस्ता २०२४’मा सहभागीता जनाएको छ। गत बुधबारदेखि थाइल्याण्डको सबैभन्दा चिसो शहर च्याङराईमा आयोजना भएको पाँच दिने सो फेस्टिभलमा नेपालको प्रतिनिधित्व गर्दै बेलुन नेपालका अध्यक्ष बिक्रम बाडे र निर्देशक बीबी ढकाल सहभागी भएका हुन्।

नेत्रहीन क्रिकेट प्रतियोगितामा बर्दिया विजयी सोमबार, फागुन ७, २०८० नेत्रहीन क्रिकेट संघ नेपालले कोहलपुरमा आयोजना गरेको नेत्रहीन क्रिकेट प्रतियोगिता अन्तर्गत सेमिफाइनलको पहिलो खेलमा बर्दिया नेत्रहीन क्रिकेट संघ विजयी भएको छ। कर्णाली प्रदेश दृष्टिविहीन क्रिकेट संघ (सुर्खेत) बर्दियाबिच भएको प्रतियोगितामा बर्दिया एक रनले विजयी भएको हो।

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको जित सोमबार, फागुन ७, २०८० इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ। आइतबार राति भएको खेलमा युनाइटेडले लुटन टाउनलाई २-१ गोल अन्तरले पराजित गरेको हो।

पहिलो खेलमा नेपाल ‘ए’ क्यानडा–११ सँग पराजित आइतबार, फागुन ६, २०८० आफ्नो डेब्यु खेलमा नेपाल ‘ए’ क्रिकेट टिम क्यानडा–११ सँग पराजित भएको छ।आइतबार मूलपानी मैदानमा भएको खेलमा नेपाललाई क्यानडा–११ ले ४ विकेटले पराजित गर्यो । नेपालले दिएको दुई सय १७ रनको लक्ष्य क्यानडाले ३ बल खेल्न बाँकी छँदा ६ विकेट गुमाएर पार गर्यो ।

इंग्लिस प्रिमियर लिग: लिभरपुलले जित निकाल्दा म्यान्चेस्टर बराबरीमा रोकियो आइतबार, फागुन ६, २०८० इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले शानदार जित निकाल्दा दोस्रो स्थानको म्यानचेस्टर सिटी भने बराबरी खेल्दै अंक बाँड्न बाध्य भएको छ।

फ्रेन्च लिग–१ फुटबलमा पीएसजीले नान्टेसलाई २–०ले हरायो आइतबार, फागुन ६, २०८० फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेइन पीएसजी विजयी भएको छ। शीर्ष स्थानको पीएसजीले नान्टेसलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

आयोजक एपीएफ र पुलिस स्कुल फाइनलमा शनिबार, फागुन ५, २०८० आयोजक कीर्तिपुरको नेपाल एपीएफ स्कुल (क) र नेपाल पुलिस स्कुल साँगाबीच प्रथम अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ।