क्यानडा ११ ले नेपाललाई दियो २४१ रनको चुनौती

काठमाडौं– एक दिवसीय सिरिजको दोस्रो खेलमा क्यानडा ११ले नेपाललाई २४१ रनको चुनौती प्रस्तुत गरेको छ।
टस हारेर ब्याटिङको निम्तो पाएको क्यानडा ४९ दशमलव ५ ओभरमा अलआउट हुँदै २४० रन बनाउन सफल भयो।
क्यानडाका लागि श्रेयस मोव्वाले अविजित ६८, नवनीत धालिवालले ४६, आरोन जोनसनले ३६, श्रीमन्थ विजेरत्नेले ४१, डिलन हेलिगरले १६, निकोलस किर्तनले सात, निखिल दत्त र हर्ष ठाकर आठ/आठ रन बनाए।
नेपालका तर्फबाट बलिङमा शाहब आलमले तीन, शेर मल्ल र राशिद खानलले दुई/दुई, बसिर अहमद र सागर ढकालले एक/एक विकेट लिए।
अब नेपालले जवाफ ब्याटिङ गरिरहेको छ। आजको खेलमा नेपाल ‘ए’ को कप्तानी सन्दीप जोराले गरिरहेका छन् । सिरिजको पहिलो खेलमा नेपाल ४ विकेटले पराजित भएको थियो।
प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८० १३:३२