News Griha :: न्यूजगृह
लिग टू : नामिबियाले नेदरल्याण्ड्सलाई दियो २०४ रनको लक्ष्य
लिग टू : नामिबियाले नेदरल्याण्ड्सलाई दियो २०४ रनको लक्ष्य त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित समयभन्दा ढिला गरी सुरु भएको खेल ४५ ओभरमा झारिएको थियो। टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले ४१.३ ओभरमा सबै विकेट गुमाएर २०३ रनमात्रै बनाउन सक्यो। नामिबियालाई रोक्ने क्रममा नेदरल्याण्ड्सका भिभियन किंग्माले तीन तथा आर्यन दत्त, रोलेफ भान डेरले दुई दुई विकेट लिँदा सिराज अहमद, र...
निर्णायक खेलमा नेपाल ‘ए’ पराजित, क्यानडाले जित्यो एक दिवसीय शृङ्खला
निर्णायक खेलमा नेपाल ‘ए’ पराजित, क्यानडाले जित्यो एक दिवसीय शृङ्खला निर्णायक खेलमा नेपाल ‘ए’लाई पराजित गर्दै क्यानडा ११ ले एक दिवसीय क्रिकेट शृंखला जितेको छ। बिहीबार भएको तेस्रो तथा अन्तिम खेलमा नेपाल ‘ए’ टीमलाई ४ विकेटले पराजित गर्दै क्यानडाले शृंखला २–१ ले जितेको हो। 
नेपाल ए ले क्यानडालाई दियो १८२ रनको चुनौती
नेपाल ए ले क्यानडालाई दियो १८२ रनको चुनौती माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४७ ओभरमा सबै विकेट गुमाउँदै एक सय ८१ रनको योगफल बनायो । नेपालका लागि आशुतोष घिरैयाले सर्वाधिक २८ रनको योगदान दिए । उनले ४३ बलमा पाँच चौकाको सहायताले २८ रन बनाए । 
टस जितेको क्यानडाविरुद्ध ब्याटिङ गर्दै नेपाल
टस जितेको क्यानडाविरुद्ध ब्याटिङ गर्दै नेपाल नेपाल ए र क्यानडा ११ बीचको एक दिवसीय सिरिज अन्तर्गत आज निर्णायक खेल। यो प्रतियोगिता मुलपानी क्रिकेट मैदानमा जारी छ। जारी प्रतियोगितामा क्यानडा ११ ले टस जितेर बलिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको छ। आजको खेलमा सन्दिप जोराले कप्तानी सम्हाल्नेका छन्। १-१ को बराबरी रहेको सिरिजमा यो खेलको विजेताले सिरिज जित्नेछ।...
झापा गोल्डकपमा ए डिभिजनसहित १० टिम सहभागी हुने
झापा गोल्डकपमा ए डिभिजनसहित १० टिम सहभागी हुने आसन्न छैटौँ झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा सहभागी हुने टिमको नामावली सार्वजनिक गरिएको छ।खेल हुने स्थान बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आयोजित एक कार्यक्रममा टिमको नामावली सार्वजनिक गरिएको हो।
नामिबियासँग नेपाल २ विकेटले पराजित 
नामिबियासँग नेपाल २ विकेटले पराजित  यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ३७.१ ओभरमा सबै विकेट गुमाएर १६८ रन बनाएको थियो। सिरिजको पहिलो खेलमा पनि नेपाल, नामिबियासँग पराजित भएको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्सलाई हराएको थियो।
नेपालले नामिबियालाई दियो १६९ रनको चुनौती
नेपालले नामिबियालाई दियो १६९ रनको चुनौती आईसीसी विश्वपक लिग–२ अन्तर्गत आजको खेलमा नेपालले नामिबियालाई १६९ रनको चुनौती प्रस्तुत गरेको छ। टस हारेर व्याटिङको निम्तो पाएको नेपालले ३७ दशमलव एक ओभरमा सबै विकेट गुमाएर १६८ रन बनाउन सक्यो। नेपालका लागि सर्वाधिक आशिफ शैखले ५८ रन बनाए। ६४ बल खेलेका उनले ८ चौका र एक छक्का हाने। त्यस्तै...
कुशल र अनिल एकै ओभरमा आउट
कुशल र अनिल एकै ओभरमा आउट आईसीसी विश्वपक लिग–२ अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालका ओपनर कुशल भुर्तेल र अनिल साह एकै ओभरमा आउट भएका छन्। कुशल ६ दशमलव २ ओभरमा एलबीडब्लू आउट भए भने अनिल साह ६ दशमलव ४ ओभरमा आउट भए। कुशल आउट भएपछि भित्रिएका अनिल दुई बलमै आउट भए। कुशलले १६ बलमा तीन चौकाको मद्दतले...
विश्वकप लिग-२: टस जितेको नामिबियाविरुद्ध व्याटिङ गर्दै नेपाल
विश्वकप लिग-२: टस जितेको नामिबियाविरुद्ध व्याटिङ गर्दै नेपाल आइसीसी विश्वकप लिग-२ अन्तर्गत अहिले नेपाल र नामिबियाबीचको खेल जारी छ। नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि अहिले नेपालले व्याटिङ गरिरहेको छ। नेपालका ओपनर कुशल भुर्तेल र आसिफ शैख क्रिजमा छन्। त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाल र नामिबियाको यो दोस्रो पटकको प्रतिस्पर्धा हो। पहिलो खेलमा नेपाल नामिवियासँग ४ विकेटले पराजित भएको थियो। 
प्रिमियर लिगमा सीटीको जित
प्रिमियर लिगमा सीटीको जित इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सीटी विजयी भएको छ। बुधबार बिहान सकिएको खेलमा सीटीले ब्रेन्टफोर्डलाई १-० गोल अन्तरले पराजित गरेको हो । सीटीको जितमा एकमात्र निर्णायक गोल एर्लिङ हालान्डले गरेका थिए। 
विश्वकप लिग-२ मा आज नेपाल र नामिबिया भिड्दै, खेल कीर्तिपुरमा
विश्वकप लिग-२ मा आज नेपाल र नामिबिया भिड्दै, खेल कीर्तिपुरमा आइसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले आज नामिबियासँग खेल्दै छ । त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाल र नामिबिया दोस्रो पटक आमने सामने हुन लागेका हुन् । यो खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ। नेपाल रोहित पौडेल तथा नामिविया जेराल्ड इरास्मसको कप्तानीमा मैदान उत्रने छ। पहिलो खेलमा नेपाल नामिवियासँग...
एपीएफ स्कुलले आयोजना गरेको फुटबल प्रतियोगिता सम्पन्न, ट्रफी पुलिस स्कुललाई
एपीएफ स्कुलले आयोजना गरेको फुटबल प्रतियोगिता सम्पन्न, ट्रफी पुलिस स्कुललाई मंगलबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको फाईनल खेलमा आयोजक नेपाल एपीएफ स्कुल कीर्तिपुर (क)लाई पराजित गरी नेपाल पुलिस स्कुल साँगाले ट्रफी हात पार्न सफल भएको छ ।
Weather Update