कुशल र अनिल एकै ओभरमा आउट

काठमाडौं– आईसीसी विश्वपक लिग–२ अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालका ओपनर कुशल भुर्तेल र अनिल साह एकै ओभरमा आउट भएका छन्।
कुशल ६ दशमलव २ ओभरमा एलबीडब्लू आउट भए भने अनिल साह ६ दशमलव ४ ओभरमा आउट भए।
कुशल आउट भएपछि भित्रिएका अनिल दुई बलमै आउट भए। कुशलले १६ बलमा तीन चौकाको मद्दतले १८ रन बनाए। त्यस्तै अनिल दुई बलमै आउट हुँदा रनबिहीन भए।
अनिल पछि पारी सम्हाल्न आएका देव खनाल ५ बलमै आउट भए। उनी पनि रनबिहीन आउट भएका छन्।
अहिले क्रिजमा आशिफ शैख र कुशल मल्ल छन्।
प्रकाशित मिति: बुधबार, फागुन ९, २०८० १०:०९