विश्वकप लिग-२: टस जितेको नामिबियाविरुद्ध व्याटिङ गर्दै नेपाल

काठमाडौं– आइसीसी विश्वकप लिग-२ अन्तर्गत अहिले नेपाल र नामिबियाबीचको खेल जारी छ।
नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि अहिले नेपालले व्याटिङ गरिरहेको छ। नेपालका ओपनर कुशल भुर्तेल र आसिफ शैख क्रिजमा छन्।
त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाल र नामिबियाको यो दोस्रो पटकको प्रतिस्पर्धा हो। पहिलो खेलमा नेपाल नामिवियासँग ४ विकेटले पराजित भएको थियो।
पहिला व्याटिङ गरेको नेपाल १३२ रनमै अलआउट भएको थियो। नेपाल जारी सिरिजमा एकमा जित र एकमा हार व्यहोरेको छ। नेपालले नेदरल्याण्ड्सलाई पराजित गरेको थियो।
प्रकाशित मिति: बुधबार, फागुन ९, २०८० ०९:४८