News Griha :: न्यूजगृह
विश्वकप लिग-२ मा आज नेपाल र नामिबिया भिड्दै, खेल कीर्तिपुरमा

काठमाडौं– आइसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले आज नामिबियासँग खेल्दै छ । त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाल र नामिबिया दोस्रो पटक आमने सामने हुन लागेका हुन् । 

यो खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ। नेपाल रोहित पौडेल तथा नामिविया जेराल्ड इरास्मसको कप्तानीमा मैदान उत्रने छ। पहिलो खेलमा नेपाल नामिवियासँग ४ विकेटले पराजित भएको थियो । 

Nepali_Team-(1)-1708479599.jpg
 

पहिला व्याटिङ गरेको नेपाल १३२ रनमै अलआउट भएको थियो । त्रिवि क्रिकेट मैदानमा पहिला ब्याटिङ गर्ने टोलीले हार्ने गरेकाले आजका खेलमा पनि टसको महत्वपूर्ण भूमिका हुनेछ।
 
टस जित्ने टोलीले पहिला फिल्डिङ रोज्दा हारेर ब्याटिङ गर्ने टोली समस्यामा पर्ने गरेको छ ।

नेपाल जारी सिरिजमा एकमा जित र एकमा हार व्यहोरेको छ । नेपालले नेदरल्याण्ड्सलाई पराजित गरेको थियो ।

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  ०७:२५
Weather Update