प्रिमियर लिगमा सीटीको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सीटी विजयी भएको छ।
बुधबार बिहान सकिएको खेलमा सीटीले ब्रेन्टफोर्डलाई १-० गोल अन्तरले पराजित गरेको हो । सीटीको जितमा एकमात्र निर्णायक गोल एर्लिङ हालान्डले गरेका थिए।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा हालान्डले ७१ औं मिनेटमा गोलको खडेरी तोडेका थिए । उनले जुलियन अल्भारेजको पासमा गोल गरेका हुन् ।
जितसँगै सीटी २५ खेलबाट ५६ अंक बनाउँदै दोस्रो स्थानमा उक्लिएको छ । सीटी तेस्रो स्थानमा पुगेको आर्सनल भन्दा १ अंकले अगाडि रहेको छ । यसैगरी शीर्ष स्थानको लिभरपुल पनि १ अंकले अघि रहेको छ ।
शीर्ष तीनमा रहेका लिभरपुल, सीटी र आर्सनलको बीचमा कडा प्रतिस्पर्धा रहेको छ । प्रिमियर लिगमा अहिले २५ औं चरणको खेल जारी छ ।
प्रकाशित मिति: बुधबार, फागुन ९, २०८० ०७:२८