नेपालले नामिबियालाई दियो १६९ रनको चुनौती

काठमाडौं– आईसीसी विश्वकप लिग–२ अन्तर्गत आजको खेलमा नेपालले नामिबियालाई १६९ रनको चुनौती प्रस्तुत गरेको छ।
टस हारेर व्याटिङको निम्तो पाएको नेपालले ३७ दशमलव एक ओभरमा सबै विकेट गुमाएर १६८ रन बनाउन सक्यो।
नेपालका लागि सर्वाधिक आशिफ शैखले ५८ रन बनाए। ६४ बल खेलेका उनले ८ चौका र एक छक्का हाने। त्यस्तै कुशल मल्लले ५२ बलमा एक चौका र तीन छक्काको मद्दतले ३६ रन जोडे। ३६ बल सामना गरेका भीम सार्कीले तीन चौकाको मद्दतमा २६ रन जोडे। तीन चौकासहित कुशल भुर्तेलले १८ रन बनाए।
त्यस्तै करण केसी १२, दिपेन्द्र सिंह ऐरी ६ रन, सोमपाल कामी ४ रन बनाएर आउट भए आजको खेलमा कप्तान रोहित पौडेल, अनिल साह, देव खनाल शुन्य रनमा पेभेलियन फर्किए। ललित राजवंशी शुन्य रनमै नटआउट रहे। अब केहीबेरमा नामिबियाले जवाफी व्याटिङ गर्नेछ।
प्रकाशित मिति: बुधबार, फागुन ९, २०८० १२:०४