टस जितेको क्यानडाविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं– नेपाल ए र क्यानडा ११ बीचको एक दिवसीय सिरिज अन्तर्गत आज निर्णायक खेल। यो प्रतियोगिता मुलपानी क्रिकेट मैदानमा जारी छ।
जारी प्रतियोगितामा क्यानडा ११ ले टस जितेर बलिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको छ।
आजको खेलमा सन्दिप जोराले कप्तानी सम्हाल्नेका छन्। १-१ को बराबरी रहेको सिरिजमा यो खेलको विजेताले सिरिज जित्नेछ। पहिलो खेलमा क्यानडासँग ४ विकेटले पराजित भएको नेपाल ‘ए’ टीमले दोस्रो खेलमा क्यानडालाई २ विकेटले पराजित गरेको थियो।
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८० १०:००