News Griha :: न्यूजगृह
नामिबियासँग नेदरल्याण्ड्स २४ रनले पराजित

काठमाडौं- आईसीसी विश्वकप लिग टूमा नामिबियासँग नेदरल्याण्ड्स २४ रनले पराजित भएको छ।

प्रतिकुल मौसमका कारण ४५ ओभरमा झारिएको खेलमा नेदरल्याण्ड्सले ४३.५ ओभरमा सबै विकेट गुमाएर १७९ रन बनाएको थियो। नेदरल्याण्ड्सलाई पराजित गरेको नामिबियाले विश्वकप लिग टूमा ४ मध्य ३ खेलमा जित निकाल्दै ६ अङ्कका साथ आफूलाई शीर्ष स्थानमा राखेको छ।

नेदरल्याण्ड्सलाई रोक्ने क्रममा नामिबियाका  जेरार्ड इरास्मस र जान फ्रांक्लिनले तीन/तीन विकेट लिए। यसैगरी ब्रेनान्र्ड स्कोट्जले २ विकेट हात पारेका थिए। रुवेन ट्रम्पलम्यान र जान निकोल इटोनले एक/एक विकेट हात पारे।

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  १९:०३
Weather Update