News Griha :: न्यूजगृह
सोमपालले एकै ओभरमा लिए नामिबियाको २ विकेट

काठमाडौं– आईसीसी क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय क्रिकेटअन्तर्गत नेपाल र नामिबियाको खेल जारी छ। त्रिवि क्रिकेट मैदानमा अहिले नामिबियाले जवाफी ब्याटिङ गरिरहेको छ। 

नेपालले दिएको सामान्य लक्ष्य पछ्याएर ब्याटिङ गरिरहेको नामिबियाविरुद्ध नेपालका सोमपाल कामीले एउटै ओभरमा २ विकेट लिएका छन्। 

२०औं ओभरको तेस्रो बलमा पहिलो व्यक्तिग विकेट लिने क्रममा सोमपालले गेरहार्ड इरासमसलाई पवन सर्राफबाट क्याचआउट गराए। यस्तै, २०औं ओभरकै अन्तिम बलमा सोमपालले जन फ्राइलिंकलाई कुशल भुर्तेलबाट क्याचआउट गराए। 

त्यसअघि नेपालका लागि ललित राजशंबीले २ विकेट लिएका थिए। त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले नामिबियालाई जितका लागि १३३ रनको लक्ष्य दिएको छ।

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १४:३४
Weather Update