
काठमाडौं– आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आफ्नो दोस्रो खेलमा शनिबार नेपालले नेदरल्याण्ड्समाथि ९ विकेटको जित हासिल गरेको छ।
शनिबार त्रिवि क्रिकेट मैदानमा खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै कुशल भुर्तेलले नेदरल्याण्डस् जस्तो विश्वकप खेलिसकेको देशसँग जित हासिल गर्न पाउँदा खुशी लागेको बताए। खेलमा नेपालका लागि भुर्तेल एक्लैले सर्वाधिक ४ विकेट लिएर विजयी गराउन सफल ठूलो योगदान गरेका हुन्।
उनले भने, ‘नेदरल्याण्ड्स जस्तो विश्वकप खेलिसकेको देशसँग यति राम्रोसँग जित हासिल गर्न पाउँदा खुसी लागेको छ। प्रदर्शन पनि ओभरअलमै राम्रो भएको थियो।’
त्यसैगरी आसिफ शेखले खेलहरूमा टसको भूमिका धेरै महत्वपूर्ण हुने भन्दै नेपालले सुरुमा टस जितेर सहयोग पुगेको बताए। उनले भने, ‘जति पनि खेलहरू हामीले खेल्छौं। त्यसमा टसले एकदमै ठूलो भूमिका खेल्छ । बिहानको अवस्था अलि चुनौतीपूर्ण हुन्छ। हाम्रो योजना त्यही थियो सुरुमा टस जितेर राम्रो खेल्ने।’