News Griha :: न्यूजगृह
नेपालको कसिलो बलिङले नेदरल्याण्ड्स १३७ रनमै समेटियो

काठमाडौं– आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तरगत त्रिकोणात्मक शृङ्खलाको दोस्रो खेलमा नेपालले जितका लागि १३८ रनको लक्ष्य पाएको छ । नेपालका लागि बलिङ कुशल भुर्तेल चम्किएपछि नेदरल्याण्ड्सलाई १ सय ३७ रनमा सीमित गर्न सफल भएको हो ।

टीयू क्रिकेट ग्राउण्डमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्स ३९ ओभरमा अलआउट भएको हो । उसका लागि कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ३३ रनको योगदान दिए । त्यस्तै बास डे लिडेले २७ रन तथा साइब्रान्ड एन्जलबच्र्टले २३ रन बनाए । कायल क्लाइनले नटआउट रहँदै ११ रन प्रहार गरे ।

नेपालका लागि कुशल भुर्तेलले ४ विकेट लिए भने ललित राजवंशीले २ विकेट लिए । सोमपाल कामी र रोहित पौडेलले १–१ विकेट हात पारे ।

नेपालले केहीबेरमा जबाफी ब्याटिङ गर्नेछ ।

प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  १२:३१
Weather Update