नेदरल्याण्ड्सविरुद्ध नेपालको कसिलो बलिङ, ललितले लिए तेस्रो विकेट

काठमाडौं– आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्ससँगको खेलमा नेपालले तेस्रो सफलता पाएको छ। ललित राजवंशीले नेदरल्याण्ड्सका स्याब्रान्ड एंगेलब्रेक्टको विकेट लिँदै नेपाललाई तेस्रो सफलता दिलाएका हुन्।
१५.४ ओभरमा स्याब्रान्ड ललितको बलमा व्यक्तिगत २३ रनमा आउट भएका हुन् । उनी आउट हुँदा नेदरल्याण्ड्सको स्कोर ५६ रन छ।
यसअघि पहिलो पावर प्ले अर्थात १० ओभरभित्रै नेपालले नेदरल्याण्ड्सको २ विकेट लिएको थियो। खेलको तेस्रो बलमा नै सोमपाल कामीले नेदरल्याण्ड्सका माइकल लेभिटलाई देव खनालको हातबाट क्याच आउट गराएका थिए।
नेदरल्याण्ड्सका अर्का ओपनर म्याक्स ओडाउड भने रन आउट भए।
प्रकाशित मिति: शनिबार, फागुन ५, २०८० ११:०४