एसीसी वुमन्स प्रिमियर कप: नेपालले मलेसियालाई दियो ११६ रनको चुनौती

काठमाडौं– एसीसी वुमन्स प्रिमियर कपको जारी खेलमा नेपालले मलेसियालाई ११६ रनको चुनौती प्रस्तुत गरेको छ।
टस जितेर व्याटिङ रोजेको नेपालले निर्धारित २० ओभर खेल्दै ६ विकेटको क्षतिमा ११५ रन बनायो।
अहिले मलेसियाले जवाफी व्याटिङ गरिरहेको छ।
आजको बिजेताले एसियाकपमा स्थान बनाउने भएकाले नेपाल र मलेसिया दुवैका लागि खेल निकै महत्वपूर्ण छ ।
नेपालले क्वाटरफाइनलमा कुवेतलाई डीएलएस नियम अनुसार ८ विकेटले पराजित गरेको थियो भने मलेसियाले जापानलाई १६ रनले स्तब्ध बनाउँदै सेमिफाइनलमा स्थान बनाएको थियो ।
प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८० १३:०४