मलेसियाविरुद्ध टस जितेको नेपाल व्याटिङ्ग गर्दै

काठमाडौं– एसीसी वुमन्स प्रिमियर कपको फाइनल प्रवेशका अहिले नेपाल र मलेसियाबीचको खेल जारी छ।
टस जितेको नेपालले अहिले व्याटिङ गरिरहेको छ। दुवै टिम अपराजित रहँदै सेमिफाइनलमा पुगेका हुन् ।
आजको बिजेताले एसियाकपमा स्थान बनाउने भएकाले नेपाल र मलेसिया दुवैका लागि खेल निकै महत्वपूर्ण छ ।
नेपालले क्वाटरफाइनलमा कुवेतलाई डीएलएस नियम अनुसार ८ विकेटले पराजित गरेको थियो भने मलेसियाले जापानलाई १६ रनले स्तब्ध बनाउँदै सेमिफाइनलमा स्थान बनाएको थियो ।
प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८० ११:४८