नेपालले नामिबियालाई दियो १३३ रनको चुनौती

काठमाडौं– आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय क्रिकेटमा नेपालले नामिबियालाई १३३ रनको चुनौती प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले व्याटिङ गरेको नेपाल ४१.१ ओभरमा अलआउट भयो।
खराब सुरुवात गरेका नेपाली व्याट्सम्यानले लय नसमाउँदा १३२ रनमा समेटिए।
नेपालका लागि भीम सार्कीले ४४, गुल्सन झाले २१, कुशल मल्लले १५, करण केसी १६, पवन सर्राफले १२ रन बनाउन बाहेक अन्य व्याट्समेनले दोहोर अंक जोड्न सकेनन्।
प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८० १२:३५