
नेपालले क्यानडालाई दियो २२५ रनको लक्ष्य बिहीबार, माघ २५, २०८० नेपालले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्यानडालाई जितका लागि दुई सय २५ रनको लक्ष्य दिएको छ । किर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित ओभरमा सबै विकेट गुमाएर दुई सय २४ रन बनायो ।

एकदिवसीय क्रिकेटमा कुशल भुर्तेलको सातौँ अर्धशतक बिहीबार, माघ २५, २०८० नेपाली राष्ट्रिय क्रिकेट टीमका ओपनिङ ब्याटर कुशल भुर्तेलले एकदिवसीय खेलमा सातौँ अर्धशतक प्रहार गरेका छन् ।बिहीबार किर्तिपुरस्थित त्रिवि मैदानमा क्यानडाविरुद्धको पहिलो एकदिवसीय खेलमा कुशलले अर्धशतक प्रहार गरेका हुन् । टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि उनले ४४ बलमा अर्धशतक पूरा गर्ने क्रममा ८ चौका र १ छक्का प्रहार गरे...

क्यानडाविरुद्ध ब्याटिङ गर्दै नेपाल, सूर्य र रिजनको डेब्यू बिहीबार, माघ २५, २०८० नेपालले क्याानडासँग पहिलो ओडिआई खेलमा टस जितेर पहिला ब्याटिङ गर्दै छ । टीयु क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पोडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । आजको खेलमा नेपालको टोलीमा सूर्य तामाङ र रिजन ढकालले डेब्यू गरेका छन् । सूर्य स्पिनर र रिजन बायाँ हाते तीव्र गतिका बलर...

क्यानडाविरुद्ध सिरिज जित्ने लक्ष्यकासाथ मैदान उत्रिँदै नेपाली टोली बिहीबार, माघ २५, २०८० एकदिवसीय शृङ्खलाको पहिलो खेलमा बिहीबार नेपाल र क्यानडाबीच प्रतिस्पर्धा हुँदै छ । खेल किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९:१५ बजेदेखि सुरु हुनेछ । अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा नेपालले पहिलो पटक क्यानडासँग घरेलु मैदानमा शृङ्खला खेल्न लागेको हो । आईसीसी विश्वकप क्रिकेट लिग–२ को शृङ्खला सुरु हुनुअघि नेपाल र क्यानडाले तयारीस्वरूप तीन...

भारत यू-१९ विश्वकप क्रिकेटको फाइनलमा बुधबार, माघ २४, २०८० टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा ७ विकेट गुमाएर २४४ रन बनाएको थियो । दक्षिण अफ्रिकाका ओपनर लुआन ड्रे प्रिटोरियसले सर्वाधिक ७६ रनको पारि खेले । उनले १०२ बल फेस गर्दा ३ छक्का र ६ चौका प्रहार गरेका थिए । यसैगरी रिचर्ड सेलेट्सवेनले ६४ रनको पारि खेल्दा...

धुर्मुस सुन्तली फाउण्डेसनले अलपत्र पारेको गौतमबुद्ध रङ्गशालालाई ५२ करोड ५० लाख बजेट सुनिश्चित मंगलबार, माघ २३, २०८० भरतपुर महानगरकी मेयर रेणु दाहालको सचिवालयका अनुसार मंगलबार बसेको बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले धुर्मुस–सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा निर्माण सुरु गरेर अलपत्र छोडेको रङ्गशाला निर्माण सम्पन्न गर्न प्रदेश सरकारले ७० प्रतिशत बजेट बेहोर्ने निर्णय गरेको हो ।

स्वदेश फर्कियो यू–१९ क्रिकेट टोली सोमबार, माघ २२, २०८० दक्षिण अफ्रिकामा भएको यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा पुगेको नेपाली टोली स्वदेश फर्किएको छ । टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

२०२६ को फिफा विश्वकपको उद्घाटन मेक्सिकोमा, फाइनल अमेरिकामा सोमबार, माघ २२, २०८० सन् २०२६ मा आयोजना हुने फिफा विश्वकप फुटबलको उद्घाटन खेल मेक्सिकोमा र फाइनल खेल अमेरिकामा हुने भएको छ । फिफाले सार्वजनिक गरेको खेल तालिका अनुसार ११ जुनमा मेक्सिकोको अज्टेका स्टेडियममा उद्घाटन खेल हुनेछ । यस्तै फाइनल खेल १९ जुलाईमा अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा हुनेछ । उद्घाटन खेलमा मेक्सिकोले खेल्नेछ...

क्यानडा र लिग २ खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा, रिजन, हेमन्त र आकाश पहिलो पटक टीममा आइतबार, माघ २१, २०८० नेपालले घरेलु मैदानमा क्यानडासँग खेल्ने तीन ओडीआई सिरिज र आईसीसी विश्वकप लिग २ मा नामिबिया र नेदरल्याण्ड्ससँग खेल्ने त्रिकोणात्मक सिरिजको लागि नेपालको टोली घोषणा गरेको छ ।बायाँ हाते तीव्र गतिका बलर रिजन ढकाल दुवै सिरिजमा टोलीमा परेका छन् । तीव्र गतिका बलर हेमन्त धामी र आकाश चन्द क्यानडासँगको सिरिजलाई...

भारतले नेपाललाई दियो २९८ रनको विशाल लक्ष्य शुक्रबार, माघ १९, २०८० ६२ रन हुँदा भारतले तीन विकेट गुमाएको थियो । तर चौथो विकेटका लागि उदय शहारन र सचिन धासले २०२ बलमा २१५ रनको महत्वपूर्ण शतकीय साझेदारी गरेपछि नेपालले विशाल लक्ष्य पाएको हो । भारतका लागि धासले ११६ र शरनले १०० रन बनाए । नेपालका लागि गुल्सन झाले तीन र आकाश चन्दले...

भारतविरुद्ध नेपालले पहिले बलिङ गर्ने शुक्रबार, माघ १९, २०८० भारतले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो । खेल नेपाली समय अनुसार, दिउँसो १:४५ बजे सुरु हुनेछ । नेपाल यसअघि ‘सुपर सिक्स’ चरणको आफ्नो पहिलो खेलमा अर्को टेस्ट राष्ट्र बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको थियो ।

रियल मड्रिड लालिलाको शीर्ष स्थानमा शुक्रबार, माघ १९, २०८० रियल अहिले दोस्रो स्थानको जिरोनाभन्दा २ अंकले अगाडि छ । रियलको ५७ अंक हुँदा जिरोनाको ५५ अंक रहेको छ । रियलको जितमा दुवै गोल जोसेलुले गरेका थिए ।