यू-१९ विश्वकप क्रिकेट
भारतले नेपाललाई दियो २९८ रनको विशाल लक्ष्य

काठमाडौं— यू-१९ विश्वकप क्रिकेटको सुपर सिक्समा भारतले नेपाललाई २ सय ९८ रनको लक्ष्य दिएको छ ।
टस जितेपछि ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा २ सय ९७ रन जोडेको हो ।
६२ रन हुँदा भारतले तीन विकेट गुमाएको थियो । तर चौथो विकेटका लागि उदय शहारन र सचिन धासले २०२ बलमा २१५ रनको महत्वपूर्ण शतकीय साझेदारी गरेपछि नेपालले विशाल लक्ष्य पाएको हो ।
भारतका लागि धासले ११६ र शरनले १०० रन बनाए । नेपालका लागि गुल्सन झाले तीन र आकाश चन्दले एक विकेट लिएका हुन् ।
प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८० १७:४२