News Griha :: न्यूजगृह
भारतविरुद्ध नेपालले पहिले बलिङ गर्ने 

काठमाडौं— दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’ चरणमा नेपालले शुक्रबार आफ्नो दोस्रो खेल खेल्दैछ । नेपालले आफ्नो दोस्रो खेलमा बलियो टेस्ट राष्ट्र भारतविरुद्ध पहिले बलिङ गर्ने भएको छ । 

भारतले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो । खेल नेपाली समय अनुसार, दिउँसो १:४५ बजे सुरु हुनेछ । नेपाल यसअघि ‘सुपर सिक्स’ चरणको आफ्नो पहिलो खेलमा अर्को टेस्ट राष्ट्र बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको थियो ।

भारतले भने ‘सुपर सिक्स’ चरणको आफ्नो पहिलो खेलमा न्युजिल्यान्डलाई दुई सय १४ रनको विशाल अन्तरले पराजित गरेको थियो । नेपालले यू–१९ विश्वकपको उपाधि जित्ने सम्भावना यसअघि नै समाप्त भइसकेको छ । 

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १३:४०
Weather Update