यू-१९ विश्वकप : नेपाल र भारत भिड्दैशुक्रबार, माघ १९, २०८०

प्रिमियर लिगमा लिभरपुलको शानदार जित बिहीबार, माघ १८, २०८० इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले शानदार जित दर्ता गरेको छ । बुधबार राति भएको खेलमा लिभरपुलले चेल्सीविरुद्ध ४–१ गोल अन्तरको जित दर्ता गरेको हो । लिभरपुललाई जिताउन डिएगो जोटा, कोनोर ब्राडले, डोमोनिक र लुईस डियाजले एक–एक गोल गर्दा चेल्सीका लागि क्रिष्टोफोर नुक्नुले एक गोल फर्काए ।

यू–१९ विश्वकपमा नेपाल बङ्गलादेशसँग पराजित बुधबार, माघ १७, २०८० नेपालले आईसीसी यू–१९ विश्वकप २०२४ को सुपर सिक्स खेलमा बङ्गलादेशसँग पराजित भएको छ ।दक्षिण अफ्रिकामा जितका लागि पाएको १७० रनको मध्यम लक्ष्य बङ्गलादेशले २५.२ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो । नेपालका सुवास भण्डारी एक्लैले ५ विकेट लिए पनि खेल जिताउन सकेनन् ।

नेपालले बङ्गलादेशलाई दियो १७० रनको लक्ष्य बुधबार, माघ १७, २०८० बङ्गलादेशविरूद्ध नेपालका मध्यक्रमका ब्याटर विशालविक्रम केसी अर्धशतक बनाउन चुके । ४८ रन बनाएर आठौं विकेटको रुपमा आउट भएका विशालले उनले १०० बल खेल्दा ६ चौका प्रहार गरे । खराब सुरुवात गरेको नेपालले ९ ओभर चल्दा दुवै ओपनरसहित तीन विकेट गुमाएको थियो भने २९ रन जोडेको थियो ।

बङ्गलादेशविरुद्ध नेपालले टस जित्यो, पहिले ब्याटिङ गर्ने बुधबार, माघ १७, २०८० आईसीसी टी–२० विश्वकप अन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपालले बङ्गलादेशविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ । कप्तान देव खनालले टोलीमा २ परिवर्तन गरेका छन् । तिलकराज भण्डारी र दीपक डुम्रेको स्थानमा आज अलराउन्डर विशाल विक्रम केसी र तीव्र गतिका बलर दुर्गेश गुप्ता टोलीमा आएका छन् । विशाल प्रतियोगितामा पहिलो पटक...

सुपर सिक्सका खेल नखेल्दै बाहिरिएको नेपाललाई २२ वर्षपछि बङ्गलादेशलाई हराउने अवसर बुधबार, माघ १७, २०८० क्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप अन्तरगत सुपर सिक्सको पहिलो खेलमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १ बजेर ४५ मिनेटमा ब्लोमफोन्टेनमा सुरु हुनेछ । त्यसका लागि नेपाली टोली गत आइतबार इस्ट लन्डनबाट ब्लोमफोन्टन पुगिसकेको छ ।

यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा नेपालले बुधबार बंगलादेशसँग खेल्ने सोमबार, माघ १५, २०८० नेपालले आईसीसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा बुधबार बंगलादेशसँग खेल्ने भएको छ । दक्षिण अफ्रिकामा भइरहेको प्रतियोगितामा आइतबार समूहचरणको सबै खेल सकिएसँगै दोस्रो चरणको खेल तालिका निश्चित भएको हो ।

यू–१९ विश्वकप क्रिकेटः नेपाल सुपर सिक्समा, अफगानिस्तान १ विकेटले पराजित शुक्रबार, माघ १२, २०८० अफगानिस्तानमाथि १ विकेटको ऐतिहासिक विजय हात पार्दै नेपाल आईसीसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा पुगेको छ । आकाश चन्दले बलिङ र कप्तान देव खनालले ब्याटिङमा सानदार प्रदर्शन गरेपछि समूहचरणको निर्णायक खेलमा नेपालले अफगानिस्तानको चुनौतीलाई पन्छाउँदै दोस्रो चरण पुगेको हो ।

अफगानिस्तानले नेपाललाई दियो १४६ रनको लक्ष्य शुक्रबार, माघ १२, २०८० यू–१९ विश्वकप क्रिकेट अन्तर्गत अफगानिस्तानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ४१ औँ ओभरको पहिलो बलमा सबै विकेट बनाउँदा १४५ रन बनाएको हो ।नेपालका लागि आकाश चन्दले पाँच विकेट लिए । यस्तै, दिवेश कँडेलले दुई, तिलक भण्डारी, सुवास भण्डारी र गुल्सन झाले...

यू–१९ विश्वकप: अफगानिस्तानविरुद्ध नेपालको उत्कृष्ट सुरुवात, दुई ओभरमा लियो दुई विकेट शुक्रबार, माघ १२, २०८० दक्षिण अफ्रिकाको इस्ट लन्डनमा टस जितेर ब्याटिङ गरिरहेको अफगानिस्तानविरुद्ध नेपालले पहिलो दुई ओभरमा दुई विकेट लिएको छ । नेपालका लागि गुल्सन झाले पहिलो ओभरको चौथो बलमा विकेट लिए। उनले अफगानिस्तानका ओपनिङ ब्याटसम्यान नुमन शाहलाई शून्यमा दीपक डुम्रेबाट क्याच गराए ।

आईसीसी यू–१९ विश्वकप क्रिकेट: सुपर सिक्समा पुग्न नेपाललाई जित्नैपर्ने दबाब शुक्रबार, माघ १२, २०८० आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण छ । किनभने विजेताले सुपर सिक्स चरणमा स्थान पक्का गर्नेछ । यसअघिका दुवै खेलमा पराजित नेपाललाई सुपर सिक्समा प्रवेश गर्न आज जित्नैपर्ने दबाब छ । नेपाल यसअघि पहिलो खेलमा न्युजिल्याण्डसँग र दोस्रो खेलमा पाकिस्तानसँग पराजित भएको थियो ।

टुंगो लाग्यो अफ्रिकन कप अफ नेसन्स खेल्ने अन्तिम १६ टोली बिहीबार, माघ ११, २०८० बुधबार राति भएको समूह 'एफ'का खेलसँगै अन्तिम १६ मा पुग्ने टीमको टुंगो लागेको हो । समूह 'ए'बाट इक्वेटोरियल गिनी र नाइजेरिया, समूह 'बी'बाट केप भर्डे र इजिप्ट, समूह 'सी'बाट सेनेगल र क्यामरुन, समूह 'डी'बाट एंगोला र बुर्किना फासो, समूह 'ई'बाट माली र दक्षिण अफ्रिका, समूह 'एफ'बाट मोरक्को र कंगो राउन्ड...

कोपा डेल रेबाट बाहिरियो बार्सिलोना बिहीबार, माघ ११, २०८० बुधबार राति भएको कोपा डेल रेको क्वार्टरफाइनलमा एथ्लेटिक बिल्बाओसँग ४–२ गोल अन्तरले पराजित भएपछि बार्सिलोना अघि बढ्न सकेन । निर्धारित समयमा दुवै टिमले दुई दुई गोलको बराबरी खेलेपछि खेल अतिरिक्त समयमा गएको थियो । जसमा बिल्बाओले ४–२ ले बाजी मार्न सफल भयो ।