News Griha :: न्यूजगृह
यू–१९ विश्वकपमा नेपाल बङ्गलादेशसँग पराजित

काठमाडौं— नेपालले आईसीसी यू–१९ विश्वकप २०२४ को सुपर सिक्स खेलमा बङ्गलादेशसँग पराजित भएको छ ।

दक्षिण अफ्रिकामा जितका लागि पाएको १७० रनको मध्यम लक्ष्य बङ्गलादेशले  २५.२ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो । नेपालका सुवास भण्डारी एक्लैले ५ विकेट लिए पनि खेल जिताउन सकेनन् ।

यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४९.५ ओभरमा १६९ रनमा अल आउट भएको थियो । नेपालका मध्यक्रमका ब्याटर विशाल विक्रम केसीले १ सय बलमा ६ चौकासहित सर्वाधिक ४८ रन बनाए । यस विश्वकपमा उनले पहिलो पटक खेल्ने मौका पाएका हुन् ।  

 

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  २०:५४
Weather Update