
काठमाडौं— अफ्रिकन कप अफ नेसन्सको अन्तिम १६ मा पुग्ने सबै टीमको टुंगो लागेको छ । ६ वटा समूहबाट शीर्ष २ टीमले सिधै अन्तिम १६ मा स्थान बनाउँदा बाँकी ४ टीमहरू भने समूहका उत्कृष्ट तेस्रो स्थानमा रहनेले नकआउट चरणको यात्रा तय गर्न सफल भए ।
बुधबार राति भएको समूह 'एफ'का खेलसँगै अन्तिम १६ मा पुग्ने टीमको टुंगो लागेको हो । समूह 'ए'बाट इक्वेटोरियल गिनी र नाइजेरिया, समूह 'बी'बाट केप भर्डे र इजिप्ट, समूह 'सी'बाट सेनेगल र क्यामरुन, समूह 'डी'बाट एंगोला र बुर्किना फासो, समूह 'ई'बाट माली र दक्षिण अफ्रिका, समूह 'एफ'बाट मोरक्को र कंगो राउन्ड अफ सिक्सटिनमा पुगेका छन् ।
यस्तै, समूहको तेस्रो स्थानमा रहने टीमहरूमा समूह 'ए'बाट आइभरी कोष्ट, समूह 'सी'बाट गिनी, समूह 'डी'बाट मौरिटेनिया र समूह 'ई'बाट नामिबियाले नकआउट चरणमा स्थान पक्का गरे । राउन्ड अफ सिक्सटिन (प्रिक्वार्टर फाइनल) खेल शनिबारदेखि सुरु हुने छ ।