News Griha :: न्यूजगृह
यू–१९ विश्वकप: अफगानिस्तानविरुद्ध नेपालको उत्कृष्ट सुरुवात, दुई ओभरमा लियो दुई विकेट

काठमाडौं— आईसीसी यू–१९ विश्वकपअन्तर्गत आज नेपालले समूहको तेस्रो खेलमा अफगानिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनमा टस जितेर ब्याटिङ गरिरहेको अफगानिस्तानविरुद्ध नेपालले पहिलो दुई ओभरमा दुई विकेट लिएको छ । नेपालका लागि गुल्सन झाले पहिलो ओभरको चौथो बलमा विकेट लिए। उनले अफगानिस्तानका ओपनिङ ब्याटसम्यान नुमन शाहलाई शून्यमा दीपक डुम्रेबाट क्याच गराए । 

दोस्रो ओभरमा आकास चन्दले खलिद तनिवाललाई पनि शून्यमा विकेटकिपर विपिन रावलबाट क्याच गराए । सुपर–६ मा पुग्नका लागि लागि दुवै टिमलाई जितको आवश्यकता छ । यसअघि नेपाल र अफगानिस्तान दुवैले पाकिस्तान र न्युजिल्यान्डसँग हार बेहोरेका थिए । आईसीसीले समूहका शीर्ष तीन टिमलाई सुपर–६ खेलाउँदैछ। कुल १२ टिमले दुई समूहमा सुपर–६ खेल्नेछन्। दुवै समूहका शीर्ष २–२ टिमले सेमिफाइनल खेल्नेछन् ।

आइतबार न्युजिल्याण्डविरुद्ध ६४ रनले पराजित भएको नेपाल बुधबार पाकिस्तानसँग ५ विकेटले हार्‍यो । 

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १४:१२
Weather Update