News Griha :: न्यूजगृह
यू-१९ विश्वकप : नेपाल र भारत भिड्दै

काठमाडौं— आईसीसी यू-१९ विश्वकपअन्तर्गत सुपर सिक्सको आफ्नो अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दै छ । प्रतियोगिताबाट बाहिरिसकेको भए पनि भारतलाई हराएर सुखद् अन्त्य गर्ने लक्ष्य नेपालको छ ।

खेल नेपाली समय अनुसार पौने २ बजे दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनमा सुरु हुनेछ ।  विश्वकपमा नेपालले भारतसँग यसअघि दुईपटक खेलेको छ । तर ती दुवै खेलमा नेपाल पराजित भएको थियो । 

सन् २००० मा नेपाली टोलीलाई भारतले ८ विकेटले हराएको थियो भने सन् २०१६ को विश्वकपमा नेपाल भारतसँग ७ विकेटले पराजित भएको थियो।  २०१७ मा यू-१९ एसिया कपमा भने नेपालले भारतलाई १९ रनले पराजित गरेको थियो ।

अहिले उपाधि दाबेदार भारतको सेमिफाइनमा स्थान पक्का भइसकेको छैन । नेपाललाई पराजित गरे भारत उपाधिनजिक पुग्नेछ । दुई महिनाअघि भएको एसिया कपमा नेपाल भारतसँग १० विकेटले पराजित भएको थियो।

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  ०७:२१
Weather Update