यू–१९ विश्वकप क्रिकेट : पाकिस्तानलाई नेपालले दियो १९८ रनको मध्यम लक्ष्यबुधबार, माघ १०, २०८०

नेपालले महत्त्वपूर्ण विकेट गुमायो, ओपनर अर्जुन कुमाल ६ रनमै आउट बुधबार, माघ १०, २०८० आईसीसी यू–१९ विश्वकपमा पाकिस्तानविरुद्ध नेपाललाई पहिलो झट्का लागेको छ । ओपनर अर्जुन कुमाल ६ रन बनाउँदा आउट भएका छन् ।

यू–१९ विश्वकप : पाकिस्तानविरूद्ध नेपालले नेपालले टस जित्यो, पहिले ब्याटिङ गर्ने बुधबार, माघ १०, २०८० आईसीसी यू–१९ विश्वकप २०२४ को समूहको दोस्रो खेलमा नेपालले आज पाकिस्तानसँग खेल्दैछ। दक्षिण अफ्रिकाको इस्ट लन्डनमा दिउँसो पौने दुई बजे सुरु खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ ।

चेल्सी कारबाओ कप फुटबलको फाइनलमा बुधबार, माघ १०, २०८० मंगलबार राति मिडिल्सबर्गमाथि चेल्सीले ६–१ गोल अन्तरको पराजित गरेको थियो । पहिलो लेगमा १–० ले पराजित भएको चेल्सीले दोस्रो लेगमा सानदार जितका साथ फाइनलमा स्थान बनायो । समग्रमा चेल्सी ६–२ गोलको जित निकाल्न सफल भयो ।

यू–१९ विश्वकप क्रिकेटमा आज नेपालले पाकिस्तानसँग खेल्दै बुधबार, माघ १०, २०८० क्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेटको १५औँ संस्करणमा बुधबार नेपालले बलियो प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्दैछ । खेल नेपाली समयअनुसार, दिउँसो १:४५ बजे सुरु हुनेछ ।नेपालले यू–१९ विश्वकपमा यसअघि पाकिस्तानलाई हराइसकेको छ ।

अफगानिस्तानमाथि न्युजिल्याण्डको रोमाञ्चक जित, नेपाललाई फाइदा मंगलबार, माघ ९, २०८० न्युजिल्याण्डको यो जितले नेपाललाई पनि फाइदा पुग्ने भएको छ । नेपालले बुधबार पाकिस्तान र शुक्रबार अफगानिस्तानसँग खेल्नेछ ।नेपाल सुपर सिक्समा पुग्न अन्तिम खेलमा अफगानिस्तानलाई हराए पर्याप्त हुनेछ । न्युजिल्याण्डसँग अफगानिस्तान पराजित भएपछि नेपालले अन्तिम खेलमा जित हात पारे नेट रनरेटको बिना झन्झटले सुपर सिक्समा पुग्ने समीकरण तयार भएको हो ।

प्रिमियर लिग : बर्नमाउथलाई ४-० ले पराजित गरेको लिभरपुललाई ५ अङ्कको अग्रता सोमबार, माघ ८, २०८० डार्बिन नुनेज र डिएगो जोटले दुई-दुई गोल गरेपछि लिभरपुलले प्रिमियर लिगमा एएफसी बर्नमाउथलाई ४-० ले पराजित गरेको छ ।लिभरपुलले चारै गोल दोस्रो हाफमा गरेको थियो । नुनेजले ४४औं र खेलको इन्जुरी टाइममा गोल गरेका थिए । यस्तै जोटाले ७०औं र ७९औं मिनेटमा गोल गरेका थिए ।

यू–१९ विश्वकपमा नेपाल न्युजिल्याण्डसँग पराजित सोमबार, माघ ८, २०८० ३०३ रनको लक्ष्य पछ्याएको नेपालले पुरै ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २३८ रन बनाउन सक्यो । नेपालका ओपनर अर्जुन कुमालले १०४ बलमा १२ चौकासहित ९० रनको शानदार इनिङ्स खेलेपनि टोलीको हार टार्न सकेनन् । अन्य ब्याटरको साथ नपाउँदा अर्जुनको उत्कृष्ट ब्याटिङका बाबजुद नेपाल पराजित हुन पुग्यो ।

न्युजिल्याण्डले नेपाललाई दियो ३०३ रनको विशाल लक्ष्य आइतबार, माघ ७, २०८० न्युजिल्याण्डका स्नेहित रेड्डीले १२५ बलमा ११ चौका र ६ छक्कासहित १४७ रनको सानदार अविजित शतकीय इनिङ खेले । कप्तान ओस्कर ज्याक्सनले ८१ बलमा ३ चौका र ५ छक्कासहित ७५ रनको इनिङ खेले । एक समय ६७–३ को अवस्थामा पुगेको न्युजिल्याण्डलाई ज्याक्सन र रेड्डीले चौथो विकेटका लागि १६४ बलमा १५७ रनको...

यू–१९ विश्वकपमा नेपाललाई स्पिनर सुवासले दिलाए पहिलो सफलता आइतबार, माघ ७, २०८० आईसीसी यू–१९ विश्वकप क्रिकेट अन्तर्गत पहिलो खेलमा न्युजिल्याण्डविरुद्ध नेपालका स्पिनर सुवास भण्डारीले टोलीलाई पहिलो सफलता दिलाएका छन् । सुवासले ११ औं ओभरको पहिलो बलमा ओपनर ल्यूक वाटसनलाई १४ रनमा बोल्ड आउट गरे ।

यू–१९ विश्वकप : टस हारेपछि न्युजिल्याण्डविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल आइतबार, माघ ७, २०८० आईसीसी यू–१९ विश्वकप–२०२४ को पहिलो खेलमा नेपालले न्युजिल्याण्डविरुद्ध फिल्डिङ गर्ने भएको छ । बफेलो पार्क इस्ट लन्डनमा न्युजिल्यान्डसँग टस हारेपछि नेपालले फिल्डिङको निम्तो पाएको हो । खेल १ : ४५ मा सुरु हुँदैछ ।समूह डी बाट शीर्ष तीनमा रहँदै सुपर सिक्स खेल्न आजको नतिजा दुवै टोलीलाई निकै महत्वपूर्ण हुनेछ...

यू-१९ विश्वकप क्रिकेटः आज न्युजिल्याण्डसँग खेल्दै नेपाल, यस्तो छ हेड टू हेड आइतबार, माघ ७, २०८० यू-१९ विश्वकपमा नेपाल र न्युजिल्याण्डबीचको यो तेस्रो भेट हो । यसअघिका दुवै खेलमा नेपालले जित निकालेको थियो । नेपाल र न्युजिल्याण्डबीच सन् २००६ को विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा भएको थियो । आइतबार दक्षिण अफ्रिकामा हुने खेलमा नेपालका लागि इतिहास दोहोर्याउन सजिलो भने हुनेछैन ।

पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष जाका अशरफले दिए राजीनामा शनिबार, माघ ६, २०८० अशरफले शुक्रबार लाहोरमा व्यवस्थापन समितिको बैठकको अध्यक्षता गरेपछि राजीनामाको घोषणा गरेका हुन् । गत वर्ष जुनमा नजम सेठीले राजीनामा दिएपछि उनले पीसीबी प्रमुखको जिम्मेवारी सम्हालेका थिए । अशरफको अध्यक्षतामा बसेको समितिको बैठकमा उनले पीसीबी सदस्यहरू र संरक्षक कार्यवाहक प्रधानमन्त्री अनवर उल हकलाई आफ्नो छोटो कार्यकालमा सहयोग गरेकोमा धन्यवाद दिए ।