News Griha :: न्यूजगृह
यू–१९ विश्वकप : टस हारेपछि न्युजिल्याण्डविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल 

काठमाडौं— आईसीसी यू–१९ विश्वकप–२०२४ को पहिलो खेलमा नेपालले न्युजिल्याण्डविरुद्ध फिल्डिङ गर्ने भएको छ । 

बफेलो पार्क इस्ट लन्डनमा न्युजिल्यान्डसँग टस हारेपछि नेपालले फिल्डिङको निम्तो पाएको हो । खेल १ : ४५ मा सुरु हुँदैछ ।

समूह डी बाट शीर्ष तीनमा रहँदै सुपर सिक्स खेल्न आजको नतिजा दुवै टोलीलाई निकै महत्वपूर्ण हुनेछ ।

नेपालले यू–१९ विश्वकप इतिहासमा हालसम्म न्युजिल्याण्डसँग हारेको छैन। दुई पटक खेल्दा दुवैमा नेपाल विजयी भएको छ । सन् २००६ को प्लेट फाइनलमा नेपाल एक विकेट र २०१६ को समूह चरणको भेटमा नेपाल ३२ रनले विजयी भएको थियो ।

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १३:३९
Weather Update