प्रिमियर लिग : बर्नमाउथलाई ४-० ले पराजित गरेको लिभरपुललाई ५ अङ्कको अग्रता

काठमाडौं— डार्बिन नुनेज र डिएगो जोटले दुई-दुई गोल गरेपछि लिभरपुलले प्रिमियर लिगमा एएफसी बर्नमाउथलाई ४-० ले पराजित गरेको छ ।
लिभरपुलले चारै गोल दोस्रो हाफमा गरेको थियो । नुनेजले ४४औं र खेलको इन्जुरी टाइममा गोल गरेका थिए । यस्तै जोटाले ७०औं र ७९औं मिनेटमा गोल गरेका थिए ।
फरवार्ड मोहमद सालाह अफ्रिकन कप खेल्न गएपछि लिरभपुलले उनको अभाव महसुस गर्न परेको छैन । यद्यपि अफ्रिकन कप दौरान घाइते भएका सालाह भने उपचारका लागि लिभरपल नै फर्कने भएका छन् ।
जितपछि शीर्ष स्थानको लिभरपुलले म्यानचेष्टर सिटी, आर्सनल र एस्टन भिल्लामाथि पाँच अङ्कको अग्रता बनाएको छ । २१ खेलबाट लिभरपुलले ४८ अङ्क जोडेको छ ।
सिटीको २० खेलबाट तथा आर्सनल र एस्टन भिल्लाको २१ खेलबाट समान ४३ अङ्क छ ।
प्रकाशित मिति: सोमबार, माघ ८, २०८० ०७:२०