News Griha :: न्यूजगृह
यू–१९ विश्वकपमा नेपाललाई स्पिनर सुवासले दिलाए पहिलो सफलता 

काठमाडौं— आईसीसी यू–१९ विश्वकप क्रिकेट अन्तर्गत पहिलो खेलमा न्युजिल्याण्डविरुद्ध नेपालका स्पिनर सुवास भण्डारीले टोलीलाई पहिलो सफलता दिलाएका छन् । 

सुवासले ११ औं ओभरको पहिलो बलमा ओपनर ल्यूक वाटसनलाई १४ रनमा बोल्ड आउट गरे । ल्यूकले २५ बलमा २ चौका हाने । टस हारेर पहिला ब्याटिङ रोजेको न्युजिल्याण्डले १०.१ ओभरमा १ विकेट गुमाउँदै ५३ रन बनाएको छ । 

न्युजिल्याण्डका ओपनर टम जोन्स ३६ बलमा ५ चौकासहित ३० रनमा क्रिजमा छन् । नेपालले सुरुवाती दश ओभरमा चार बलर प्रयोग गरेको छ । 

स्पिनर दीपेश कँडेलले १ ओभरमा १० रन खर्चेका छन् । तीव्र गतिका बलर आकाश चन्दले ३ ओभरमा १७ रन खर्चिएका छन् । नेपालका प्रमुख बलर गुलशन झाले ५ ओभरमा १९ रन खर्चिएका छन् । 

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १५:००
Weather Update