नेपालले महत्त्वपूर्ण विकेट गुमायो, ओपनर अर्जुन कुमाल ६ रनमै आउट

काठमाडौं— आईसीसी यू–१९ विश्वकपमा पाकिस्तानविरुद्ध नेपाललाई पहिलो झट्का लागेको छ । ओपनर अर्जुन कुमाल ६ रन बनाउँदा आउट भएका छन् ।
१२ बल खेलेका अर्जुन अहमद हुसेनको बलमा बोल्ड आउट भए । अर्जुनले न्युजिल्याण्डविरुद्ध ९० रनको उत्कृष्ट पारी खेलेका थिए ।
तेस्रो नम्बरका आकाश त्रिपाठी क्रिजमा आएका छन्। विपिन रावल १६ रनमा नटआउट छन् ।
प्रकाशित मिति: बुधबार, माघ १०, २०८० १४:२०