News Griha :: न्यूजगृह
क्यानडाविरुद्ध ब्याटिङ गर्दै नेपाल, सूर्य र रिजनको डेब्यू

काठमाडौं— नेपालले क्याानडासँग पहिलो ओडीआई खेलमा टस जितेर पहिला ब्याटिङ गर्दै छ । टीयु क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पोडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

आजको खेलमा नेपालको टोलीमा सूर्य तामाङ र रिजन ढकालले डेब्यू गरेका छन् । सूर्य स्पिनर र रिजन बायाँ हाते तीव्र गतिका बलर हुन् ।

नेपालको प्लेइङ ११ मा रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, सोमपाल कामी, रिजन ढकाल, सूर्य तामाङ, ललित नारायण राजवंशी छन् ।

दुवै टोलीले  सिरिजमा विजयी सुरुआत गर्ने उद्देश्यका साथ मैदान उत्रिएका छन् । 

नेपालको रोहित पौडेल र क्यानडाको साद बिन जाफरले कप्तानी गरेका छन् । क्यानडाको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके छन् । नेपालका पूर्व सफल प्रशिक्षक दशानायकेलाई नेपालको कन्डिसन, खेलाडीको कमजोरी र बलियो पक्ष दुवै थाहा छ ।

नेपालले क्यानडा सिरिजमा युवा खेलाडीलाई मौका दिएको छ । करण केसी र गुलशन झा यस सिरिजमा छैनन् ।

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  ०९:२४
Weather Update