News Griha :: न्यूजगृह
क्यानडाविरुद्व पहिले फिल्डिङ गर्दै नेपाल

काठमाडौं— क्यानडाविरुद्वको दोस्रो एकदिवसीय क्रिकेट खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार बिहान क्यानडाले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गर्ने भएको हो ।

नेपालले टोलीमा ३ परिवर्तन गरेको छ । आकाश चन्दले डेब्यु पाउँदा अनिल शाह र देव खनाल टोलीमा छन् । चन्दले डेब्यु पहिलो पटक क्यानडाविरुद्व डेब्यु गरेका हुन् । 

नेपाल लगातार दोस्रो जित हासिल गर्दै शृंखला जित्ने योजनामा मैदान उत्रिएको छ । नेपाल एक खेल अगावै शृंखला हात पार्ने सुरमा छ । पहिलो खेलमा क्यानडामाथि ७ रनको रोमाञ्चक जित हासिल गरेको नेपाल ३ खेलको शृंखलामा १-० ले अगाडि छ ।

पाहुना टोली क्यानडा पनि आजको खेलमा नेपाललाई पराजित गरेर शृंखला जित्ने अवसर बाँकी नै राख्न चाहन्छ । तेस्रो तथा अन्तिम खेल सोमबार हुनेछ ।

नेपालले डब्लूसीएन लिग टूको तयारी स्वरूप क्यानडाविरुद्व सिरिजको आयोजना गरेको हो । बिहीबार पराजयको नजिक पुगेर पनि नेपालले रोमाञ्चक जित दर्ता गरेको थियो । क्यानडा २२५ रनको सामान्य लक्ष्य पछ्याएर जिततर्फ अघि बढेको थियो । तर नेपालका बलरले अन्तिममा धारिलो बलिङ गरेपछि रोमाञ्चक जित निस्किएको हो ।

किर्तिपुरस्थित त्रिवि मैदानमा क्यानडा १७४ रन बनाउँदा ४ विकेट मात्रै गुमाएर बलियो स्थितिमा थियो । तर अन्तिममा नेपाली बलर हाबी भएपछि क्यानडाले २१७ रनसम्म पुग्दा ६ विकेट गुमाएको थियो ।

प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  ०९:२१
Weather Update