वेस्ट इन्डिज ‘ए’सँग नेपाल पराजित बुधबार, वैशाख १९, २०८१

वेस्ट इन्डिज ‘ए’ले दियो नेपाललाई विशाल लक्ष्य, चार्ल्सको शतक बुधबार, वैशाख १९, २०८१ मैत्रीपूर्ण टी–२० शृङ्खला अन्तर्गतको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ नेपालसामु २ सय २८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय २७ रन बनाएको हो।

नेपाललाई दोस्रो सफलता, सागरले लिए विकेट बुधबार, वैशाख १९, २०८१ नेपाली बलर सागर ढकालले वेस्ट इन्डिज ए का ब्याट्सम्यान आन्द्रे फ्लेचरलाई आउट गरेका हुन्।

नेपाललाई पहिलो सफलता, वेस्ट इन्डिज ‘ए’ का ओपनर एलिक आउट बुधबार, वैशाख १९, २०८१ यो समाचार तयार पार्दासम्म वेस्ट इन्डिज ‘ए’ ले ५.४ ओभरमा एक विकेट गुमाएर ६४ रन बनाएको छ।

तेस्रो खेलमा वेस्ट इन्डिजविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने बुधबार, वैशाख १९, २०८१ वेस्ट इन्डिजविरुद्धको टी२० सिरिजको तेस्रो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ।

वेस्ट इन्डिजविरुद्धको तेस्रो खेलमा दीपेन्द्र कप्तान, रोहितलाई आराम बुधबार, वैशाख १९, २०८१ किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने सिरिजको तेस्रो खेलमा रोहित पौडेललाई विश्राम दिइएको छ।

विश्वकपको स्क्वाड पेस गर्ने आज अन्तिम दिन, नेपालसहित १४ देशले अझै घोषणा गरेनन् खेलाडी बुधबार, वैशाख १९, २०८१ आगामी १ जुनदेखि २९ सम्म हुने आईसीसी पुरुष टी२० विश्वकपका लागि टीम घोषणा धमाधम भइरहेको छ।स्वाड पेस गर्ने आज अन्तिम दिन हो। आज दिउँसोसम्म सबै देशलाई स्वाड पेस गर्न आईसीसीले भनेको छ। तर, नेपाल लगायतका धेरै देशले अहिलेसम्म टीम घोषणा गर्न सकेका छैनन्।टीम घोषणा गर्ने पहिलो टोली न्युजिल्यान्ड...

रियल म्याड्रिड र बायर्न म्युनिखले बराबरी खेले बुधबार, वैशाख १९, २०८१ खेलको २४ औं मिनेटमा रियलले भिनिसियस जूनियरको गोलबाट खेलमा अग्रता लिएको थियो। पहिलो हाफमा रियलले अग्रता लियो। तर दोस्रो हाफको सुरुवाती समयमा नै बायर्नले पुनरागमन गर्न सफल भयो। ५३औं मिनेटमा लिरोए सानेले एकल रन बनाएर गरेको शक्तिशाली प्रहारको मद्दतमा बायर्न खेलमा बराबरी गर्यो। त्यसको चार मिनेट पछि बायर्नले खेलमा अग्रता...
-1714211114.jpg)
वेस्ट इन्डिजसँग आज तेस्रो खेल खेल्दै नेपाल बुधबार, वैशाख १९, २०८१ वेस्ट इन्डिज ‘ए’ विरुद्धको टी२० शृंखलाअन्तर्गत नेपालले बुधबार तेस्रो खेल खेल्दैछ। खेल दिउँसो किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे सुरु हुनेछ। नेपाल र वेस्ट इन्डिजले यसअघि एक/एक खेल जितेका छन्।

आईपीएलमा लखनउसँग मुम्बई पराजित, प्लेअफ पुग्ने सम्भावना कठिन बुधबार, वैशाख १९, २०८१ मुम्बईका लागि हार्दिक पान्ड्याले २, नुवान थुसरा, मोहम्मद नबी र जेराल्ड कोट्जीएले समान १ विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४४ रन जोड्यो। मुम्बईका लागि नेहल वाधेराले ४१ बलमा ४ चौका र २ छक्का सहित सर्वाधिक ४६ रन जोडे। यस्तै...

न्युजिल्याण्डले घोषणा गर्यो टी-२० विश्वकप खेल्ने टिम मंगलबार, वैशाख १८, २०८१ न्युजिल्याण्ड केन विलियम्सनको कप्तानीमा विश्वकप खेल्ने भएको छ । न्युजिल्याण्डको टिममा केनसहित फिन एलेन, ट्रेन्ट बोल्ट, माइकल ब्रेसवेल, मार्क चाम्पम्यान, डेभोन कोनवे, लुकी फर्गुसन, माट हेनरी, डार्यल मिचेल, जिम्मी निशाम, ग्लेन फिलिप, रचिन रविन्द्र, मिचेल सान्टनर, इश सोढ़ी र टिम साउथी रहेका छन् ।

चेल्सी छोड्दै सिल्भा मंगलबार, वैशाख १८, २०८१ ब्राजिलियन सेन्टर ब्याक थियागो सिल्भाले चेल्सी छोड्ने भएका छन्। ३९ वर्षीय सिल्भाले यस सिजनको अन्त्यसँगै चेल्सी छोड्ने घोषणा गरेका हुन्।उनको चेल्सीमा यस सिजनको अन्त्यसँगै सम्झौता सकिदै छ। अब चेल्सीमा सम्झौता नवीकरण नहुने भएसँगै उनी चेल्सीबाट बाहिरिने भएका हुन्।उनी २०२० मा पीएसजीबाट फ्री— ट्रान्सफरमा चेल्सी आएका थिए।

कोलकातासँग दिल्ली पराजित मंगलबार, वैशाख १८, २०८१ इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई ७ विकेटले पराजित गरेको छ। १ सय ५४ रनको लक्ष्य पछ्याएको कोलकाताले १६ औं ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेट्टायो। ओपनर फिल साल्टले अर्धशतक पूरा गरे।