News Griha :: न्यूजगृह
चेल्सी छोड्दै सिल्भा

काठमाडौं—  ब्राजिलियन सेन्टर ब्याक थियागो सिल्भाले चेल्सी छोड्ने भएका छन्। ३९ वर्षीय सिल्भाले यस सिजनको अन्त्यसँगै चेल्सी छोड्ने घोषणा गरेका हुन्।

उनको चेल्सीमा यस सिजनको अन्त्यसँगै सम्झौता सकिदै छ। अब चेल्सीमा सम्झौता नवीकरण नहुने भएसँगै उनी चेल्सीबाट बाहिरिने भएका हुन्।

Prabhu Bank

उनी २०२० मा पीएसजीबाट फ्री— ट्रान्सफरमा चेल्सी आएका थिए।

चेल्सी छोड्ने घोषणा गर्दै सिल्भाले चेल्सी आफ्नो परिवार जस्तै रहेको र आफूले क्लबको सफलताका लागि सबथोक गरेको प्रतिक्रिया दिएका छन्। भावुक हुँदै सिल्भाले आफू कुनै दिन चेल्सीमा फर्किने दाबी पनि गरे। 

सिल्भाले २०२० देखि अहिलेसम्म चेल्सीका लागि १५१ खेल खेलेका थिए भने ९ गोल पनि गरेका थिए। यस अवधिमा चेल्सीका लागि उनले एक च्याम्पियन्स लिग, एक यूईएफए सुपर कप, एक फिफा क्लब विश्वकप जितेका थिए।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  ०८:५३
राजनीति
विशेष
Weather Update