News Griha :: न्यूजगृह
वेस्ट इन्डिज ‘ए’ले  दियो नेपाललाई विशाल लक्ष्य, चार्ल्सको शतक 

काठमाडौं— मैत्रीपूर्ण टी–२० शृङ्खला अन्तर्गतको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ नेपालसामु २ सय २८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय २७ रन बनाएको हो।

वेस्ट इन्डिजका लागि ओपनर जोनसन चार्ल्सले शानदार शतक बनाए । त्यस्तै, आन्द्रे फ्लेचरले पनि अर्धशतक बनाए। उनले ३३ बलमा ५३ रन हिर्काए।

यसक्रममा उनले ४ चौका र ३ छक्का हिर्काए। त्यस्तै फाबियन एलनले ९ बलमा १९ रन तथा एलिक अथानाजले १० बलमा १७ रनको योगदान दिए।

शृङ्खला अहिले १–१ को बराबरीमा रहेको छ। पहिलो खेल नेपालले ४ विकेटले जितेको थियो। दोस्रो खेलमा भने घरेलु टोली १० रनले स्तब्ध बन्न पुग्यो।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १४:०३
Prabhu BankPrabhu Bank
Weather Update