News Griha :: न्यूजगृह
वेस्ट इन्डिजसँग आज तेस्रो खेल खेल्दै नेपाल 

काठमाडौं— वेस्ट इन्डिज ‘ए’ विरुद्धको टी२० शृंखलाअन्तर्गत नेपालले बुधबार तेस्रो खेल खेल्दैछ। खेल दिउँसो किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे सुरु हुनेछ। 

नेपाल र वेस्ट इन्डिजले यसअघि एक/एक खेल जितेका छन्।

शनिबार भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई ४ विकेटले पराजित गरेको थियो। आइतबार भएको दोस्रो खेलमा नेपाल वेस्ट इन्डिजसँग १० रनले पराजित भएको थियो। 

नेपालले आईसीसी टी२० विश्वकपको तयारीस्वरूप वेस्ट इन्डिजसँग शृंखला खेलिरहेको हो। शृंखलापश्चात नेपाली टोली आईसीसी टी२० विश्वकपका लागि अमेरिका प्रस्थान गर्नेछ। 

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  ०६:५१
Weather Update