News Griha :: न्यूजगृह
तेस्रो खेलमा वेस्ट इन्डिजविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने

काठमाडौं— वेस्ट इन्डिजविरुद्धको टी२० सिरिजको तेस्रो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ।

किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिजले टस जितेर ब्याटिङ रोजेसँगै नेपालले पहिले फिल्डिङ गर्ने भएको हो। सिरिजका तिनै खेलमा नेपालले पहिले फिल्डिङ गरिरहेको छ।

आजको खेलमा नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्दैछन्।

नियमित कप्तान रोहित पौडेल विश्राममा बसेसँगै नेपालको कप्तानी दीपेन्द्रले गर्ने भएका हुन्।

 

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  ११:५९
Weather Update