News Griha :: न्यूजगृह
आईपीएलमा लखनउसँग मुम्बई पराजित, प्लेअफ पुग्ने सम्भावना कठिन 

काठमाडौं— इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जाएन्ट्सले मुम्बई इन्डियनलाई ४ विकेटले पराजित गरेको छ। मुम्बईले दिएको १ सय ४५ रनको लक्ष्य लखनउले १९ दशमलव २ ओभरमा ६ विकेट गुमाएर भेटायो।

लखनउको जितमा मार्कस स्टोइनिसले ४५ बलमा ७ चौका र २ छक्का सहित सर्वाधिक ६५ रन बनाए। यस्तै कप्तान केएल राहुलले २२ बलमा २८ रन जोडे। दीपक हुड्डाले १८ रन बनाए। निकोलास पुरन १४ रनमा नटआउट रहे।

मुम्बईका लागि हार्दिक पान्ड्याले २, नुवान थुसरा, मोहम्मद नबी र जेराल्ड कोट्जीएले समान १ विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४४ रन जोड्यो। मुम्बईका लागि नेहल वाधेराले ४१ बलमा ४ चौका र २ छक्का सहित सर्वाधिक ४६ रन जोडे। यस्तै टिम डेभिडले १८ बलमा ३६ रन जोडे।

ओपनर ईशन किसनले ३२ रन बनाए। अन्य ब्याटरले उल्लखनिय प्रदर्शन गर्न सकेनन्। कप्तान हार्दिक पान्ड्या शून्यमा आउट भएका थिए भने रोहित शर्माले ४ रन मात्र बनाए। लखनउका लागि मोहसिन खानले २ विकेट, मार्कस स्टोइनिस, नभिन उल हक, मयंक यादव र रवि विश्ननोइले समान १ विकेट लिए।

जित पछि लखनउ १० खेलमा १२ अंक सहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। पराजित मुम्बई ९ खेलमा ६ अंक सहित नवौं स्थानमा छ। यो हारले मुम्बई प्लेअफ पुग्ने सम्भावना कठिन देखिएको छ। 

आईपीएलमा आज चेन्नई सुपर किंग्स र पञ्जाब किंग्स भिड्ने छन्।​

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  ०६:४९
Prabhu BankPrabhu Bank
Weather Update