News Griha :: न्यूजगृह
वेस्ट इन्डिज ‘ए’सँग नेपाल पराजित 

काठमाडौं—  मैत्रीपूर्ण टि–२० श्रृङ्खला अन्तर्गतको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’ सँग ७६ रनले पराजित भएको छ।

वेस्ट इन्डिज ‘ए’ले दिएको २२८ रनको लक्ष्य पछ्याएको नेपाल ४ बल अगावै सबै विकेट गुमाएर १५१ रनमात्र बनाउन सक्यो। 

नेपालका लागि करण केसीले सर्वाधिक २८ रन बनाए। त्यस्तै लोकेश बमले २८, कुशल मल्लले २०, विनोद भण्डारीले १९, अनिल साहले १४, आरिफ शेखले ३, गुल्सन झाले ६, विवेक यादवले ३ र दीपेन्द्र सिंह ऐरीले ७ रन, कमल सिंह ऐरीले ६ र सागर ढकालले ३ रन बनाए।

किर्तीपुुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले  ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २२७ रन बनाएको थियो। 

वेस्ट इन्डिज ‘ए’ का लागि जोह्नसन चार्लीजले अविजित शतकीय पाली खेलेका थिए। ६१ बलमा उनले १३ चौका र ७ छक्का प्रहार गरे। 

त्यस्तै अन्द्रे फ्लेचरले ५३, फेबियन अलुलेनले १९, अलिक एथेन्जेले १७ र किमो पलले १३ रन बनाए। नेपालका लागि करण केसी र सागर ढकालले १–१ विकेट लिए।

यससँगै वेस्ट इन्डिज एले शृंखलालाई २–१ को स्थितिमा पु¥याएको छ। पहिलो खेलमा विजयी भएको नेपाल पछिल्लो दुवै खेलमा पराजित हुन पुग्यो। 

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १५:५३
Weather Update