News Griha :: न्यूजगृह
विश्वकपको स्क्वाड पेस गर्ने आज अन्तिम दिन, नेपालसहित १४ देशले अझै घोषणा गरेनन् खेलाडी
आईसीसी

काठमाडौं— आगामी १ जुनदेखि २९ सम्म हुने आईसीसी पुरुष टी२० विश्वकपका लागि टीम घोषणा धमाधम भइरहेको छ।

स्वाड पेस गर्ने आज अन्तिम दिन हो। आज दिउँसोसम्म सबै देशलाई स्वाड पेस गर्न आईसीसीले भनेको छ। तर, नेपाल लगायतका धेरै देशले अहिलेसम्म टीम घोषणा गर्न सकेका छैनन्।

टीम घोषणा गर्ने पहिलो टोली न्युजिल्यान्ड बनेको छ। उसले मङ्गलबार नै टोली घोषणा गरेको छ। त्यस्तै अफगानिस्तान, अष्ट्रेलिया, इङ्ग्ल्याण्ड, भारत र दक्षिण अफ्रिकाले पनि टोली घोषणा गरिसकेको छ। नेपालसहित आयरल्यान्ड, नामिबिया, नेदरल्यान्ड्स, बंगलादेश, क्यानाडा, ओमान, पपुवा न्युगिनी, पाकिस्तान, स्कटल्यान्ड, श्रीलंका, युगान्डा, संयुक्त राज्य अमेरिका, वेस्ट इन्डिजको घोषणा हुन बाँकी छ।   

समूह डीमा रहेको नेपालले दक्षिण अफ्रिका, श्रीलंका, नेदरल्यान्ड्स र बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। नेपालले पहिलो खेल जुन चार मा ४ नेदरल्यान्ड्ससँग खेल्नेछ। यस्तै ११ जुनमा श्रीलंका, १४ जुनमा दक्षिण अफ्रिका १६ जुनमा बंगलादेशसँग खेल्नेछ।

समूह ‘ए’ मा भारत, पाकिस्तान, क्यानडा र अमेरिका छन्। समूह ‘बी’ मा इङ्ग्ल्याण्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड र ओमान छन्। 

समूह ‘सी’ मा भने न्युजिल्यान्ड, अफगानिस्तान, पपुवा न्युगिनी, युगान्डा र वेस्ट इन्डिज रहेका छन्। सहभागी २० टोलीलाई ४ समूहमा विभाजन गरिएको छ। हरेक समूहका उत्कृष्ट २ टोलीले सुपर ८ मा स्थान बनाउनेछन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  ०९:४३
Prabhu BankPrabhu Bank
Weather Update