
क्यान अध्यक्षको 'चतुर' बदमासीः आईसीसीको कोटामा आफू गए, क्यानको खर्चमा भाडाको डाक्टर राखे बिहीबार, जेठ ३१, २०८१ आर्थिक पारदर्शिता नभएको भन्दै विवादले घेरिएको नेपाल क्रिकेट संघ (क्यान) मा अध्यक्ष चतुरबहादुर चन्दको अर्को बदमासी बाहिरिएको छ।
-1718262075.jpg)
नेपाली फुटबल टोली स्वदेश फिर्ता बिहीबार, जेठ ३१, २०८१ फिफा विश्वकप–२०२६ एसियाली छनोटको दोस्रो चरणको खेलको लागि साउदी अरब गएको नेपाली टोली बिहीबार स्वदेश फिर्ता भएको छ।

अहिलेसम्म कुन–कुन देशले जितेका छन् युरोकप? बिहीबार, जेठ ३१, २०८१ युरोकपको १७औं संस्करण जुन १४ देखि सुरु हुँदै छ। मिनी फुटबल विश्वकप भनिने युरोकप यस पटक जर्मनीले आयोजना गर्दै छ। युरोपका २४ देशले भाग लिने यो प्रतियोगिता जर्मनीका बिभिन्न १० स्टेडियम मा खेलाइँदै छ।

फ्लोरिडामा अत्याधिक वर्षा, नेपाली टिम वेस्टइन्डिज जान पाएन बिहीबार, जेठ ३१, २०८१ आईसीसी टी–२० विश्वकप क्रिकेटका लागि नेपाली टिम बुधबार नै वेस्टइन्डिज जानु पर्नेमा मौसम खराबका कारण अमेरिकामै रोकिएको छ। फ्लोरिडामा मंगलबार श्रीलंकाविरुद्धका खेल खराब मौसमका कारण हुन नसक्दा दुवै टिमले अंक बाँडेका थिए।

अमेरिकालाई हराउँदै भारत टी२० विश्वकपको सुपर एटमा बिहीबार, जेठ ३१, २०८१ भारतले आईसीसी पुरुष टी२० क्रिकेटको शीर्ष आठमा स्थान बनाएको छ। तेस्रो खेलमा बुधबार अमेरिकालाई ७ विकेटले हराउँदै भारत सुपर आठमा पुग्न सफल भएको हो।जारी प्रतियोगितामा भारत अपराजित छ। भारतको जितले पाकिस्तानलाई समेत राहत मिलेको छ, उसको सुपर ८ को सम्भावना बढेको छ। अमेरिकाले दिएको गरेको १ सय ११ रनको...

रारामा हाई अल्टिच्युड गल्फ कोर्ट निर्माणमा ५४ लाख बजेट विनियोजन बुधबार, जेठ ३०, २०८१ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चालु आर्थिक वर्ष २०८१–०८२ का लागि राराको तल्लो मिलिचौरमा हाई अल्टिच्युड गल्फ कोर्ट निर्माण गर्न ५४ लाख रुपैयाँ बजेट विनियोजन गरेको संघीय सांसद ऐनबहादुर शाहीले बताए।

क्यान भित्रको विवाद र अनियमिताबारे संसद्मा उठ्यो प्रश्न बुधबार, जेठ ३०, २०८१ पछिल्लो समय नेपाल क्रिकेट संघ (क्यान) भित्र भइरहेको विवाद र अनियमितताबारे संसद्मा प्रश्न उठेको छ।

जारी टी२० विश्वकपको सुपर–८ मा पुग्यो अस्ट्रेलिया बुधबार, जेठ ३०, २०८१ अस्ट्रेलिया जारी टी२० विश्वकपको सुपर–८ मा पुगेको छ। समूह बी अन्तर्गतको बुधबार बिहान सम्पन्न खेलमा अस्ट्रेलियाले नामिबियालाई पराजित गरेसँगै विश्वकपको सुपर–८ मा पुगेको हो।

युरोकपमा नेदरल्याण्ड्सलाई धक्का, फ्रेन्की डी जोङ खेल्न नसक्ने बुधबार, जेठ ३०, २०८१ गत अप्रिल २१ मा रियल म्याड्रिडसँग बार्सिलोनाको ३-२ ले पराजित हुँदा २७ वर्षीय डी जोङ आफ्नो दाहिने खुट्टामा चोट लागेपछि मैदान बाहिर रहेका छन्। त्यसको बावजुद, मिडफिल्डरलाई जर्मनीमा युरोका लागि रोनाल्ड कोम्यानको २६ सदस्यीय टोलीमा नाम दिइएको थियो तर अब उनी युरोकपबाट बाहिरिएका छन्।

टी२० विश्वकपः ‘सुपर–८’ मा पुग्ने पहिलो टोली बन्यो दक्षिण अफ्रिका बुधबार, जेठ ३०, २०८१ आईसीसी टी२० विश्वकपको नवौँ संस्करणमा दक्षिण अफ्रिका ‘सुपर–८’ मा पुग्ने पहिलो राष्ट्र बनेको छ। विश्वकपअन्तर्गत बुधबार बिहान हुने भनिएको नेपाल र श्रीलङ्काबीचको खेल वर्षाका कारण रद्द भएसँगै दक्षिण अफ्रिका अघिल्लो चरणमा प्रवेश गरेको हो।

नेपाल र श्रीलङ्काबीचको खेल रद्द बुधबार, जेठ ३०, २०८१ आईसीसी टी२० विश्वकप २०२४ मा नेपाल र श्रीलंकाबीचको खेल वर्षाको कारण रद्द भएको छ। योसँगै दुबै टोलीले १–१ अंक बाँडेका छन् ।

टी२० विश्वकपमा पाकिस्तानको पहिलो जित, क्यानडा ७ विकेटले पराजित बुधबार, जेठ ३०, २०८१ प्रतियोगितामा पहिलो जित निकालेको पाकिस्तान तीन खेलबाट दुई अंक जोडेको पाकिस्तान तालिकाको तेस्रो स्थानमा छ। पाकिस्तानले यसअघि अमेरिकासँग सुपर ओभरमा र भारतसँग ६ रनको हार बेहोरेको थियो। समान खेलबाट दुई अंक जोडेको क्यानडा तालिकाको चौथो स्थानमा छ।